नेपालगन्ज – शुक्रबार मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको १३औं राष्ट्रिय दिवसका अवसरमा नेपालगन्जमा सचेतनामूलक र्याली निकालिएको छ । विभिन्न संघ, संस्थाहरुको सहभागितामा निकालिएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
र्याली पछिको कोणसभामा वक्ताहरुले मानवबेचबिखन नियन्त्रणका लागि सबै सचेत हुनुपर्ने बताएका थिए । महिला विकास अधिकृत शोभा शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओली, प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा, नगर शिक्षा अधिकारी गोरख बहादुर थापा, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।