शिक्षा ,साहित्य र सामाजिक कार्यमा शिशिर

रामु ओलि

जिउनेहरु जिएकै छन् यहाँ, लिएर तनाव ।
जानेहरु गएकै छन् यहाँ ,दिएर तनाव ।।

भै गो डुल्न छाड अब, बजारको गल्लीमा,
भा को एक जोर जुत्ता पनि, खिएर तनाव।

यहाँ भिड मात्र बढ्या छ ,ठग अनि लुटेराको,
छोरा पाउने आशमा छोरी, जन्मिएर तनाव ।

धर्म जात र क्षेत्र भन्दै, नकराउ ए नेताहरू ,
दिउँसोको साधु साझँ पख, मात्तिएर तनाव।।

यी गजलका हरफ हरु जस्तै तनावमा जीउँनेहरुको भिडमा बहुप्रतिभाशाली युवा व्यक्तित्व शिशिर सापकोटा आफैले कोरेका माथिका गजलहरु बाचन गर्दा गर्दै केही भावुक जस्तै बनिदिन्छन । सानै देखि साहित्यमा झुकाव राख्दै आएका शिशिर गजल संगै गित , कथा , कविता र उपन्यास सम्मको तयारी गर्दै छन् ।
३० बसन्तमात्र पार गरेका शिशिरले जिवन र जगत लाई बुझ्ने क्रममा साहित्य प्यारो बनेको बताउने गर्छन। उनी पेशाले लेक्चरर र प्राबिधिक बिसेषज्ञ- ल्याब टेक्नाेलाेजिष्ट समेत हुन् ।

खजुरा गाउँ पालिका वडा नम्बर ५ का स्थानिय बासिन्दा शिशिर सापकोटा बागेश्वरी हेल्थ कलेज नेपालगन्जका स्थापनाकाल देखिकै प्रीन्सिपल हुन् । २०६९ देखि हाल सम्म उनकै नेतृत्वमा बागेश्वरी हेल्थ क्याम्पसले प्राबिधिक शिक्षा प्रदान गर्दै आएको छ । समयलाई भरपुर सदुपयोग गर्ने क्रममा उनी अध्यापन पेशालाई बृहत्तर रुपमा अगाडी बढाएका उनले बागेश्वरी हेल्थ कलेजको अलावा भेरी नर्सिङ कलेजमा पिसिएल नर्सिङ , बिएन नर्सिङ र फार्मेसीको अध्यापन गर्छन भने मध्यपश्चिम नर्सिङ कलेजमा समेत उनले अध्यापन गर्ने गर्छन् ।

त्यस्तै सुरुवाती दिनमा नेपालगन्ज हेल्थ क्याम्पस , टियुको नर्सिङ्ग कलेज नेपालगन्ज लगायतका अन्य कलेजमा समेत अध्यापन गराएका उनको दैनिकी हाल भने थोरै फेरिएको छ । हाल उनी २०७२ सालमा आफैले स्थापना गरेको एड्भान्स डाइगोनेस्टिक ल्याबमा केही समय ब्यस्त रहन्छन् , यो क्षेत्रकै लागि स्तरीय तथा ए क्लासको रिजल्ट दिने अभिप्रायले नयाँ डाइग्नाेस्टिक ल्याब तथा रिसर्च सेन्टरको स्थापनाको लागि खटिरहेका छन् भने अध्यापन पेशालाई समेत निरन्तरता दिदै आएका छन् ।

‘समय भन्ने कुरा मिलाउन सके मिल्ने नै रहेछ , समय म्यानेज गर्दै कामहरु गर्दै आएको छु , अध्यापन पेशा संगै ल्याबहरुको लागि समय छुट्याउन सकेको छु र केही नयाँ प्रोजेक्ट हरु पनि बिस्तार हुँदै छन् त्यता पनि समय मिलेकै छ ‘ शिशिर बताउने गर्छन् ।

खजुराकै जेनिथ बोर्डिङ स्कुल बाट आफ्नो प्रारम्भिक शिक्षा लिएका उनले ज्ञानोदय मा बी खजुराबाट एसएलसी गरेका हुन् । २०६२ सालमा एसएलसी पासगरेका उनि सामुदायिक बिधालय तर्फबाट जिल्ला प्रथम समेत हुन् । उच्च- शिक्षाको लागि काठमाडौं हानियका शिशिर काठमाडौं मोडेल कलेजबाट आइएस्सी गरे पछि देहरादुन पुगेर (बिएमएल्टी) ब्याचुलर इन मेडिकल ल्याब टेक्नोलोजीको अध्ययनमा लागे । देहरादुन बाटै एमएस्सी बायो केमेस्ट्रीको अध्ययन सकेपछी नेपालगन्ज फर्किएका शिशिर केही समय काठमाडौं र नेपालगन्जमै बिताए । अहिले उनी बि एड् हेल्थ र एल एल बि अध्ययन गर्दैछन्। २०६९ सालमा स्थापना हुनेक्रममा रहेको बागेश्वरी हेल्थ कलेजको प्रीन्सिपल को रुपमा पाएको अवसर लाई सदुपयोग गर्दै अध्यापन पेशामा छिरेका शिशिर आफुले उत्पादन गरेका प्राबिधिक विद्यार्थी नेपालगन्ज र नेपालगन्ज आसपासका जिल्लामा प्राबिधिज्ञ भएर सेवा पुर्‍याइरहेको देख्न पाउँदा आत्मसन्तुष्टि मिल्ने अनुभव उनको छ ।

‘मेरो बुवा पनि शिक्षक नै हुनुहुन्छ , सायद बुवाकै कामको प्रभाव पनि हुन सक्छ म शिक्षण पेशामा रमाउन सक्छु र रमाइ पनि रहेको छु र यो पेशाको अर्को आत्मसन्तुष्टिको पाटो अझै बेग्लै छ । म कहिलेकाहीँ कतै पुग्दा आफैले उत्पादन गरेका बिद्यार्थीहरु ल्याब तथा नर्सिङ पेशामा सेवा गरिरहेको देख्न पाउँदा त्यस समय मेरो लागि अति मुल्यवान भैदिन्छ ।’ उनी बताउछन् ।

उसो त उनको रुचिको विषय पनि हो शिक्षण पेशा , अध्यन पश्चात् राम्रो अवसर पनि शिक्षण पेशा बाटै आयो र शिक्षण पेशा संगै आफुले अध्यन गरेको प्राबिधिक कार्य गर्ने समय पनि मिल्ने भएपछि उनको लागि शिक्षण पेशा रमाइलो बन्यो ।

देशमा बेरोजगारी समस्याले बिकराल रुप लिइरहेको अवस्थामा प्राबिधिक शिक्षाको महत्त्व दिनानुदिन बढी नै रहेको छ जसरी प्राबिधिक शिक्षा प्रती विद्यार्थी र अभिभावकको झुकाव बढ्दै छ त्यति नै यसका अवसर र क्षेत्रफल फराकिलो हुँदै छ । कुनै समयमा सिएमए , अनमी जस्ता टिएसएससि कोर्सहरुको ब्याप्तता थियो भने अहिले त्यस्ता टिएसएससी कोर्सहरुको अन्त्य हुनेक्रमम रहेको छ भने डिप्लोमा कोर्सहरुले त्यसको स्थान लिदै छन् र देशलाई चाहिने जनशक्तिको पनि उत्पादन हुँदै छन् । प्राबिधिक शिक्षा अहिलेको हाम्रो देशको अवस्थामा रोजगार तथा स्वरोजगारको निम्ति पनि उत्तिकै महत्त्वपूर्ण रहेको शिशिर बताउने गर्छन् ।

शिशिर सापकोटा शिक्षण पेशा , प्राबिधिकज्ञ संगै सामाजिक कार्यमा समेत उत्तिकै सकृय रहन्छन् । सामाजिक कार्यमा सानै देखि रुचि लिने गरेका सापकोटा लियो क्लब अफ नेपालगन्ज खजुराका संस्थापक अध्यक्ष समेत हुन् । त्यस्तै उनी ल्याब प्राबिधिक हरुको संस्था मेलानको प्रदेश सहसचिव समेत हुन् । भेरी साहित्य समाज र प्रतिभा साहित्य समाज खजुराका सदस्य समेत रहेका शिशिर सापकोटा फुर्सदमा साहित्यका विभिन्न बिधामा कलम चलाउने गर्दछन ।

साहित्य लेखनमा अत्याधिक रुचि राख्ने सापकोटाले प्रथम पटक तीन कक्षा हुदा बाल कविता कोरेका थिए । नेपालगन्जमा उनी सम्मेलित एक कविता प्रतियोगितामा दोस्रो भएपछी भने उनको साहित्यिक उडानले क्रमशः उचाई लिदै गए पछि उनको बाल कबिताबाट सुरु भएको साहित्यिक यात्रा गजल , कथा हुँदै आख्यानको तयारी सम्म पुगेको छ भने हाल उनी दोस्रो गित रिलिजको तयारी समेत गरेका छन् । एसएलसी पछि साहित्य लेखन लाई विश्राम दिएका सापकोटाले २०६९ देखि शिक्षण पेशा सुरु गरेपछि पुनः साहित्य लेखनको दोस्रो अध्यय सुरु गरे । उनले २०७४ मा ‘बतास’ बोलको गित मार्फत गित लेखनमा हात हालेका उनले आउने साता नयाँ गित “आमा”को रिलिज तयारी गरेका छन्। यस गीत उनले एक बर्ष अघि मात्रै दिवंगत भएकी उनकी ममतामयी अामा स्व भद्रकला सापकाेटाकाे सम्झनामा लेखेका हुन्।

‘अध्यापन तथा प्राबिधिक कार्य संगै होस्टेल समेत संचालन गरिरहेको छु तर पनि समय मिलाएर साहित्यका विभिन्न बिधामा कलम चलाउने दैनिकी छ कारण साहित्यले मलाई आत्मसन्तुष्टि दिन्छ । ‘

वक्तित्व कलामा प्रखर सापकोटा साहित्य लेखन र शिक्षण पेशामा बुवा ऋषिराम सापकोटा र जीवन संगीनि जिना लामिछानेको अथाह साथ र सहयोग प्राप्त भएको र उहाँहरुकै देनले शिक्षण , प्राबिधिक र व्यवसाय संगै साहित्य लाई संगै लैजान सकेको छु, बताउछन् ।

हाल निदान डाइगोनेस्टिक एण्ड हेल्थ केयर प्रा ली को सुरुवात गर्दै गरेका निदानका संचालक समेत रहेका सापकोटा र उनको समुहले नेपालगन्ज तथा मध्य तथा सुदुर पश्चिममै पहिलो पटक अत्याधुनिक उपकरण सहित सेवा सुबिधा प्रदान गर्ने उदेश्यले कार्य सुरु गर्न लागेको बताउने सापकोटाले दशै अगाडी फुटकर कबिता मुक्तक र गजल सम्मिलित पुस्तक समेत निकाल्ने योजनामा रहेको सुनाउछन् ।

प्रतिक्रिया

प्रतिक्रिया