काठमाडौं – पछिल्लो समय काठमाडौं लगाएत देशैभर डेंगु संक्रमित बिरामीको संख्या बढदै गएको छ । डेंगु संक्रमित बिरामीको संख्या बढेपछि यतिबेला काठमाडौका उपत्यका लगायतका अस्पतालहरुमा विरामीको चाप बढेको छ । दैनिक १ सयको हाराहारीमा ज्व्रोका विरामी आउने गरेकोमा ५० प्रतिशतमा भने डेंगु सक्रमित देखिएको अस्पतालले जनाएको छ ।
झापाबाट शुरु भएको डेंगु अहिले काठमाडौं उपत्यका लगायत ४२ जिल्लामा फैलिएको छ । लामखुटृेको टोकाइबाट सर्ने डेंगुको संक्रमण काठमाडौं उपत्यकामा पनि बढ्दो छ । उपत्यकाका धेरै जसो अस्पतालहरुमा डेंगु सक्रमित विरमीको चाप बढेको छ ।
त्यस मध्ये पनि पछिल्लो समय भदौ १५ गते देखी यता टेकुमा रहेको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा त दैनिक एक सयको हाराहारीमा ज्वरोका विरामीहरु आउने गरेकाछन । जस मध्ये ५० प्रतिशतमा डेंगुको संक्रमण देखिएको छ । श्रावण महिनामा हल्का देखिएको डेंगु संक्रमित विरामीको संख्या भदौ लागेपछि भने ह्वात्तै बढेको छ ।
यसरी दिनप्रतिदिन डेंगु संक्रमित विरामीको चाप बढेपछि अस्पतालले फिवर क्लिनिक खडा गरेको छ । त्यस्तै संक्रमित विामीहरुलाई डेंगु जोन भनी छुट्टै ठाउमा राखि उपचार सुरु गरेको छ । त्यस्तै हेल्पडेस्क खडा गरी संक्रमितहरुलाई काउन्सीलिङ गर्ने काम पनि सुरु गरेको छ ।
उपचारका लागी आउने डेंगु सक्रमित विरमीहरुलाई समान्यलाई काउन्सीलिङ गरी घरमै आराम गर्न पठाईएको छ भने बढी सक्रमितलाई भने अस्पतालमै राखी उपचार गरीएको अस्पातलले जनाएको छ ।
त्यस्तै प्रदेश नं ५ को प्रदेशसभाको बिहीबार बुटवलमा बसेको बैठकमा समेत प्रदेशसभा सदस्यले डेङ्गु रोग नियन्त्रणका लागि विशेष अभियान चलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको बिहीबार बुटवलमा बसेको बैठकमा सदस्यहरुले डेङ्गु रोगको सङ्क्रमण बढेका कारण नियन्त्रणका लागि ध्यान दिन आग्रह गरेका थिए ।
बैठकमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले डेङ्गु रोग अहिले देशभर समस्याका रुपमा देखिएकाले नियन्त्रण जरुरी रहेको बताए । प्रदेशसभा सदस्य फकरुद्धिन खानले डेङ्गुको जोखिम बढेकाले प्रभावकारी कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका थिए ।