नेपालगन्ज – इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले स्थानीय पत्रकारसँग परिचयात्मक भेटघाट गरेका छन् ।
कोहलपुरमा जिम्मेवारी सम्हालेपछि मंगलवार पहिलो पटक पत्रकार माझ प्रस्तुत भएका प्रनाउ शाहीले अपराधिक क्रियाकलापमा संलग्न ब्यक्तिहरुको सुचि तयार गरिएको बताए । कोहलपुरको नेतृत्व लिएको एकसातापछि मंगलबार पत्रकारहरुसँग भेटघाट गरेका शाहीले अपराध गरी फरार भएकाहरुको सुची तयार पारिएको खुलासा गरेका हुन् ।
प्रहरी नायब उपरीक्षक शाहीले कोहलपुरमा हुने आपराधिक गतिविधिहरुलाई शुल्यमा झार्ने दावी गर्दै जिल्लाको सबैभन्दा संवेदनशिल क्षेत्रका रुपमा रहेको कोहलपुरमा चोरी डकैती, गुण्डागर्दी, लागुपदार्थ दुब्यर्सनी जस्ता अपराधिक गतिविधिहरु बढि मात्रामा हुने गरेको तर्फ आफु सचेत रहेको जनाउ दिए । यबिीचनै शाहीले साता दिनभित्रै आपराधिक गतिबिधिमा संलग्न १५० बढि युवाहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको बताएका छन् ।