सोट्टो लुम्बिनी गठन, अध्यक्षमा बजिमय

भैरहवा – सोसाईटी अफ ट्राभल एन्ड टुर अपरेटर्श नेपाल(सोट्टो) सोट्टो लुम्बिनी प्रदेश ५ गठन भएको छ । भैरहवा बेलहियामा आयोजित ट्राभल एन्ड टुुर्स अपरेटर्शहरुको भेलाले पर्यटन ब्यबसायी सञ्जय बजिमयको अध्यक्षतामा सोट्टो लुम्बिनी प्रदेश ५ गठन गरेका हुन्।

सोट्टो लुम्बिनीको प्रथम उपाध्यक्षमा एस.बि. गुप्ता(श्रीचन्दं), द्धितिय उपाध्यक्षमा लिलामणी शर्मा, महासचिब दुर्गा प्रसाद भण्डारी(दिपक), सचिबमा अमृत पोद्धार, कोषाध्यक्ष उमाशंकर मिश्रा, सह –कोषाध्यक्ष रबी मद्धेशिया रहेका छन् । त्यसै गरी कार्यसमिती सदस्यमा दिपिका कार्कि, विक्रम गुरुंग, पुर्ण प्रकाश पोखरेल, दिनेश मल्ल, गोपाल श्रेष्ठ, शम्भु भण्डारी, गोपाल अग्रवाल रहेका छन् ।

त्यसै गरी सस्थाले ८ सदस्यीय सल्लाहकारी समिती समेत चयन गरेको छ । जस्मा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष, उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष, सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष, लुम्बिनी होटल संघका अध्यक्ष, चेतन पन्त(पर्यटन सल्लाहकार), मनोरञ्जन शर्मा(सञ्चार सल्लाहकार) र शिब प्रसाद गौडेल कानुनि सल्लाहकार रहेको अध्यक्ष बजिमयले बताए ।

गठित नयाँ सस्थापक कार्य समितीको पहिलो पदस्थापन कार्यक्रम समेत सम्पन्न भएको छ ।
नव अध्यक्ष बजिमयले आफुहरुले यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न सरोकारवाला निकाय संग सहकार्य गरी कार्यक्रमहरु अघि बढाउने बताए । सोट्टो लुम्बिनीले प्रमुख सिमानाका बेलहियालाई ब्यबस्थित गराई पर्यटक आवागमनलाई सहज बनाउन पहल गर्ने, आउदै गरेको अन्तर्राष्ट्रिय पर्यटन दिवस भब्यतापुर्बक मनाउने, जारी लुम्बिनी भ्रमण बर्ष २०७६ र आउदो नेपाल भ्रमण बर्ष २०२० मा बिभिन्न कार्यक्रम गर्ने र सहकार्य गरी अघि बढने निर्णय समेत गरेको नव निर्बाचित महासचिब दुर्गा प्रसाद भण्डारी(दिपक)ले बताए ।

प्रथम पदस्थापन समारोहमा सोट्टो नेपालका
कार्यबाहक अध्यक्ष, महासचिब, कोषाध्यक्ष समेत उपस्थित थिए । सोट्टो नेपालले पर्यटन प्रबद्र्धनका लागी सोट्टो लुम्बिनी गठन आफैमा महत्वपुर्ण भएको जनाएको छ ।

कार्यक्रममा नेपाल भारत मैत्री संघका अध्यक्ष डा. शान्त कुमार शर्मा, नेपाल भन्सार एजेन्ट संघ रुपन्देहीका अध्यक्ष असिम न्यौपाने लगायतले पर्यटन प्रबद्र्धनका लागी सस्था जन्मनु राम्रो भएको बताउदै पर्यटन बिकाशमा काम गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया