एशोसिएनमा रिजाल

नेपालगन्ज – नेपालगन्ज इलेक्ट्रिकल एशोसिएसनले शिवराज रिजालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । एशोसिएसनको शनिबार भएको पाँचौ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले रिजालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । दुई प्यानल बीच भएको निर्वाचनमा रिजालको प्यानल नै विजयी भएको हो ।

अधिवेशनले निर्वाचित गरेको सदस्यहरुबाट उपाध्यक्षमा टेक बहादुर थापा, सचिवमा दामोदर सापकोटा, कोषाध्यक्षमा सुरेन्द्र कुँवर, सहसचिवमा मदनलाल जैसीलाई जिम्मेवारी दिइएको छ । सदस्यहरुमा रामकुमार प्रसाई, मुकेश वाडिया, अब्दुल वाहिद अन्सारी, देव बहादुर कुँवर, रामसमुच तेली, शिवराज बर्मा, विवेश मैनाली, डोलराज भट्ट, महबुब अहमद कुरैसी, रिपु गुरुङ्ग निर्वाचित भएको सचिव सापकोटाले जानकारी दिएका छन् ।

विकास कोइरालालाई अध्यक्ष रिजालले सदस्य मनोनित गरेका छन् । १७ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया