औतार देईको सम्झना

नेपालगन्ज- शिक्षा र स्वास्थ्य क्षेत्रमा करोडौंको सम्पत्ति दान गरेकी स्वर्गीय औतार देई कशौधन(चौधराइन)को ९ औ स्मृति दिवस आइतबार औपचारिक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

भेरी अञ्चल अष्पताल परिसरमा अवस्थित चौधराईनको प्रतिमामा माल्याअर्पण, प्रवचन र सम्मान गरेर दिवस मनाइएको हो । स्थानीय महेन्द्र बहुमुखी क्याम्पस, भेरी अञ्चल अष्पताल, नारायण उच्च मावि, जिल्ला जनस्वास्थ्य कार्यालयलाई जग्गा दान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पु¥याएको योगदानको स्मरण गर्दै औतार देई कशौधन (चौधराइन) सेवा प्रतिष्ठानले स्मृति दिवसको आयोजन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति बाँकेका सभापति अजय कुमार श्रीवास्तवले दानवीर स्वर्गीय औतार देइको दानको अभिलेखीकरण हुनुपर्ने आवश्यकता औल्याउँदै स्थायीत्व र स्मरणीय खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णनाथ उपाध्यायले चौधराइनले देखाएको बाटो अरुका लागि प्रेरणादायी हुने बताए । रेडक्रसका केन्द्रीय उपाध्यक्ष शर्माले चौधराइनको योगदानले स्थापीत नारायण मावि सञ्चालनले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।

प्रतिष्ठान अध्यक्ष नन्दलाल वैश्यको सभापतित्वमा भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मी, भेरी अञ्चल अष्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुपानन्द अधिकारी, पत्रकार महासंघ प्रदेश ५ का सचिव शुक्रऋषि चौलागाई, समाजवादी पार्टी नेपाल बाँके अध्यक्ष कमरुद्धिन राई, नेकपाका प्रतिनिधी पदम धिताल, नेपाली काँगे्रस बाँकेका प्रतिनीधी सुधांश कोइराला लगायतले बोलेका थिए ।

चौधराईनका भतिजा एवं प्रष्ठिानका कोषाध्यक्ष राधेश्याम वैश्यले औतारदेई (ठुलीआमा)को जीवनी एवं शिक्षा, स्वास्थ्य र समाज सेवामा पु¥याएको योगदान चर्चा गरेको कार्यक्रममा स्वागत रमारानी वैश्यले गरेकी थिइन् । स्मृति दिवसका अवसरमा उपमहानगरपालिकाको तर्फबाट भेरी अञ्चल अष्पतालमा रहेका विरामीहरुलाई फलफूल पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया