बालबिबाह रोक्न सक्रिय किशोरीहरु

नेपालगन्ज/रूपा गहतराज

गत बैशाख २० गते विवाहको लागि गाउँमा निम्ता बाँढियो । नेपालगन्जको वडा नं. २० मा विवाहको तयारी सुरु गरियो । त्यसको सुइको पाइन बालविवाह विरुद्ध काम गर्ने अभियान्ताले । उनले गनापुर प्रहरी चौकीलाई खबर गरिन् । नेपालगन्ज उपमहानगर २० नयाँ बस्तीकी हिरा खत्रीले बाल विवाह रोक्न सफल भइन् । खत्रीका कारण ६ जोडीले एकै पटक गर्न लागेको बालबिबाह रोकियो । धेरै जोडिले भागेर भारतमा बिहे गरे । ‘एउटा विवाह मात्र रोक्न सके,’ उनले भनिन् ।

कुरा त्यतिमा सकिएन हिरा उनीहरुको आँखाको तारो बनिन् । बाटोमा हिडन उनलाई सकस भयो । गाउँलेहरुले विवाह भाँडी भन्ने आरोप लगाए । ‘भन्न र गर्नसम्म गरे तर म आफनो कर्मबाट विचलित भइन’, १९ बषीया हिराले भनिन्, ‘घरमै आएर धम्की दिए, बलात्कार गर्छौ सम्म भने ।’ उनलाई मात्र होइन परिवारलाई पनि डर देखाए रातीमा घरमा ढुँगा हाने । ‘परिवार डराए यो काम छोड भने तर मेरो मनले मानेन,’ उनले निर्धक भनिन्, ‘बालअधिकारका लागि काम गर्न उपाध्क्ष भएकी हुँ ।’

बालविवाह नियन्त्रणका लागि अभियान सञ्चालनको माग गर्दै स्थानीय तहका उपप्रमुखलाई ज्ञापन पत्र बुझाउँदै किशोरी ।

जिल्ला किशोरी सञ्जलकी उपाध्यक्ष हिरा सानै देखि राम्रो संग देख्न सक्दिनन् । उनी जन्मजात न्युन दृष्ट्रि हुन् । तर, उनी समाजको नकारात्मक अभ्यास सहजै पहिल्याउँछिन् । उनी मात्रै होइन बाँके बैजनाथ गाउपालिका–१ की अनु रावत गाउँमा बाल विवाह हुने थाहा पाउने बित्तिकै कुदी हाल्छिन् । बाध्यताले होइन रहरले नै यो जिम्मेवारी लिएको हो । उनले भनिन्, ‘तर जनप्रतिनिधिले समयमा सहयोग नगर्दा निराश हुनुपर्छ ।’ उनले गाउँमा धेरै बालविवाह रोक्दा गाउँकै दुश्मन हुनु परेको छ । एकातिर आफुखुशी विवाह गर्ने कारण बाल विवाह रोक्न चुनौती छ । भने अर्काे तिर बालबिबाह रोक्ने बालअभियान्ताहरु आफै जोखिममा पर्दै आएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १० का अन्जना चर्तुर्वेदी उपमहानगरस्तरीय बालक्लबका समुदायमा बालविवाह रोक्न खोज्दा आफुहरु असुरक्षित भइरहेको बताए । ‘प्रहरी हामीले दिएको सुचनाले समुदायमा पुग्छ, तर सुचना दिनेको परिचय गौप्य राख्दैन’, उनले प्रहरीले सुचना चुहाएकै कारण आफुहरु समुदायको टारगेट पर्ने गरेको बताउँदै भनिन् । चतुर्वेदी बाल विवाह गराउन चाहने अभिभावक हामीलाइ दोष दिने गरेको बताउँछिन् । ‘तर, पनि हामी इमान्दारपूर्वक काम गरीरहेका छौं,’ उनले भनिन् ।

‘अर्काे तिर प्रमाण जुटाउन गाह्रो, निम्तो बाँढिए पछि मात्र सुइको पाउँछौ,’ उनले भनिन्, ‘जन्ममितिका लागि जन्मदर्ता खोज्न धौ–धौ हुन्छ । प्रहरी समेत प्रमाण जुटाएपछि मात्र एक्सनमा आउँछ । जसले गर्दा विवाह मण्डपबाट बाल विवाह रोक्न थप चुनौती थपिन्छ ।’
बालबाबिबाह रोक्न खोज्दा समुदाय र प्रहरीले समेत सही समयमा सहयोग नगर्ने बाल विवाह विरुद्धको अभियन्ता बताउँछन् । नगर स्तरीय किशोरी सञ्जालकी अध्यक्ष पुजा बर्मा प्रहरीले बालबालिकाको सुचनालाई सतही रुपमा बुझदा समस्या हुने गरेको बताइन् । ‘हाम्रो काम सुचना दिने हो, प्रहरीको काम कारबाही गर्ने हो,’ उनले भनिन्, ‘हामी आफै घटना सुल्झाउन सक्दैनौ ।’

महिला तथा बालबालिका सेवा केन्द्र बाँकेकी प्रमुख श्यामकुमारी पाइजा बालअधिकार अभियान्ताहरु नै आफै अगाडि आउँदा जोखिममा पर्ने गरेको बताइन् । ‘खबर पुगेसम्म बालविवाह रोक्न पुग्छौं,’ उनले भनिन्, ‘सुचना ढिलो आउँदा पनि जोखिम बढेको हुन सक्छ ।’
बाँकेका बालविवाहका घटना बढ्दै गएपनि प्रहरीका मुद्दा दर्ता भने कमै हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय अनुसार, गत वर्ष ४ बाल विवाहका मुद्दा दर्ता भएका छन् ।

नेपालमा भने २० वर्षपछि विवाह गर्न सकिने व्यवस्था छ । तर भारतको कानुनले १८ वर्ष पुगेकालाई बिहे गर्ने कानुनी मान्यता दिएको छ । नेपाल र भारतको वैवाहिक कानुनी मान्यता फरक पर्दा सीमा क्षेत्रमा बालविवाह रोक्न सकिएको छैन । गुपचुपमा भारतमै बिहे गरेर बस्ने हँुदा बाल विवाहका मुद्दा कम दर्ता हुने गरेको पाइजाले सुनाइन् ।

उनीहरु बालविवाह मात्र होइन समाजमा हुने महिला हिंसा रोक्न पनि उत्तिकै सक्रिय छन् । खजुरा गाउँपालिकाकी चेतना क्षेत्रीले बालिका तथा किशोरी लाइ हुने सम्भावित हिंसा रोक्न पहल संकेत गरेको सुनाइन् । जहिले पनि म्याजिकमा ड्राइभरको छेउको सिटमा किशोरी र बालिकालाई बसाइने । उनीहरुमाथि दुब्र्यवहार बढ्दै गएपछि गाउँपालिकालाई एक्सन लिन भन्यौ । उनले भनिन्,‘बालबिबाह बारे सहि तथ्यांकलाई वडामा बालविवाहको संख्या एकिन गर्दैछौं ।’

प्रतिक्रिया

प्रतिक्रिया