बिषादीको प्रयोगले स्वास्थ्यमा असर

नेपालगन्ज- विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परेको नेपालगन्जमा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपाल र सावती नेपालको आयोजनामा भएको बिषादी सम्बन्धी कानून र कार्यान्वयन बिषयक अन्तक्रिया कार्यक्रमका सहभागीहरुले बिषादीको संचय, बिक्रि बितरण, प्रयोग र नष्ट गर्ने सम्बन्धमा बिषयमा उचित ज्ञान नहुँदा धनजनको ठुलो क्षति र वातावरणमा प्रतिकुल असर परेको बताएका थिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष अधिवक्ता ज्योती वानियाले बिषादीको अनुचित प्रयोगले क्यान्सर, बाँझोपन लगायतका मानव स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै यसको रोकथामको लागी प्रभावकारी नियमन हुनु पर्नेमा जोड दिए ।

नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमाथापा मगरले नगरपालिकाले बिगतमा अपेक्षाकृत काम गर्न नसके पनि उपभोक्ता अधिकार र मानव स्वास्थ्यका लागि अबका दिनमा ठोश कार्ययोजनाका साथ समन्वयतात्मक तरिकाले अगाडी बढ्ने बताइन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जथाभावी बिषादी प्रयोगले मानव स्वाथ्यमा पार्ने असर बारे सचेतनाको आवश्यकता औंल्याए । उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा, नेपालगन्ज भन्सार कार्याका प्रमुख शान्तिराम निरौला, गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख योगेन्द्र कुमार पौडेल, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयकी प्रमुख जोत्सना श्रेष्ठ, मानव अधिकार आयोगकी अधिकृत द्वारिका अधिकारी, कृषि ज्ञान केन्द्रका शकिल अहमद, एग्रोभेट ब्यवशायी संघका अध्यक्ष बिनोद तिवारी, प्रहरी निरिक्षक गिरीराज भण्डारी, सावतीका नीनु थापा,भेटेनरी अस्पताल तथा बिज्ञ सेवा केन्द्रका बसिर अहमद खाँ, नेपालगन्ज उच्च बारका अध्यक्ष बिकाश आचार्य, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका बिश्वजित तिवारी, उपभोक्ता हित संरक्षण मञ्चका बाँके सदस्य सरस्वति मल्ल लगायतका वक्ताहरुले खाद्यबस्तु, तरकारीका साथै किरा मार्ने बहानामा होटल, गेष्टहाउस लगायत स्थानमा जथाभावी बिषादी प्रयोग गर्ने कार्य बढेकोमा चिन्ता प्रकट गर्दै मानव स्वास्थ्य र वातावरण संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।

विषादीको प्रयोग गर्ने र उपभोग गर्ने सहि तरिकाको अभावमा बिषादी प्रयोग गर्ने किसान र तत्पश्चात कृषकहरुको उत्पादन उपभोग गर्ने उपभोक्ताहरुमा अत्याधिक बाँझोपन र सर्ने रोगहरुको प्रकोप बर्षेनी बढिरहेको सन्दर्भमा नेपालमा उत्पादन हुने खाद्य बस्तुहरुमा बिषादीको परिक्षणमा कानूनी तथा संरचनातमक समन्वय, नियमन र बिषादी प्रयोगको न्यूनिकरणमा प्रभावकारी संयन्त्र र प्रबिधिका बिकाशमा सहयोग गरि उपभोक्तामा सचेतना फैलाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतमले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया