नेपालगञ्ज, भदौं ६ । राष्ट्रिय बाल अधिकार दिवस–२०७६ लाई नेपालगञ्ज उप–महानगरपालिकाले सप्ताहब्यापी कार्यक्रम गरि मनाउने भएको छ ।
नगर स्तरीय बाल अधिकार समितिका संयोजक रहनुभएका नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा शुक्रबार बसेको बैठकले सप्ताहव्यापी कार्यक्रम सहित दिवस मनाउने निर्णय गरेको हो ।
¥याली, अन्तरक्रिया, सडक नाटक, ब्यानर प्रदर्शन, वडा स्तरीय बाल अधिकार समितिलाई अभिमुखिकरण, विद्यालय स्तरीय अन्तरक्रिया बाल स्वास्थ्य शिविर र बाल स्वास्थ्य शिक्षा कार्यक्रम गरि दिवस मनाउन लागिएको समितिका सचिव समेत रहनुभएका नेपालगञ्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले जानकारी दिनुभयो । भदौं २९ गते मनाईने राष्ट्रिय बाल अधिकार दिवस–२०७६ को नारा सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार रहेको छ ।