सामाजिक अभियान्ता उपाध्याय भ्रमणमा

खजुरा – पूर्णचन्द्र उपाध्याय जो सबैका मामा भनेर चिनिन्छन् । एक सशक्त सामाजिक अभियान्ता पूर्णचन्द्र लामो समयदेखि महिला, बालबालिका तथा श्रमिकका क्षेत्रमा काम गर्दै आएका
छन् । उनै पूर्णचन्द्र ५ दिने एक महत्वपूर्ण भ्रमणमा निष्किएका छन् ।

मानव तस्करीमा परेका तथा अवैधरुपमा वैदेशिक यात्रामा निष्किने नेपाल लगायत कुनै पनि देशका नागरिकको अवस्था बुझ्न तथा सुरक्षित आप्रवासन सम्बन्धी एक कार्यक्रममा भाग लिन उनी टर्की र अजरबैजान जान लागेका हुन् । खजुरा गाउँपालिकाका विज्ञ समूह सदस्य उपाध्यायलाई शनिवार एक कार्यक्रमका वीच गाउँपालिकाले बिदाई ग¥यो ।

नेपालबाट ट्रेड युनियन प्रतिनिधि (काउन्सिलर) का रुपमा सुरक्षित आप्रवासन सम्बन्धी कार्यक्रममा भाग लिन उनी शनिवार नै बाँकेबाट काठमाडौं प्रस्थान गरेका छन् । सामाजिक अभियान्ता उपाध्यायले ५ दिने भ्रमण तथा कार्यक्रममा सहभागी जनाएर नेपाल फर्किने जनाएका छन् । खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, वडा नं. ३ का वडाध्यक्ष कान्तुराम गौतम, योजना प्रमुख दिलबहादुर पौडेल, विज्ञ समूह सदस्य किरण ढकाल र रोजगार प्रमुख महेन्द्र रेग्मीले उपाध्यायलाई फूलमाला तथा खादा ओढाएर शुभयात्राको सन्देशसहित विदाई गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया