नेपालगन्जमा लायन्सको ‘क्लाथ बैंक’


लायन्स क्लब अफ नेपालगन्जले ‘क्लाथ बैंक’ स्थापना गरेको छ । शुक्रवार लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालका पूर्व गभर्नर सेम शाक्य तथा मधुसूदन शर्मा र लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष श्यामकुमार शर्माले ‘क्लाथ बैंक’को शुभारम्भ गरे ।
‘यो कपडा संकलनको सुरुवात हो,’ क्लब अध्यक्ष श्यामकुमार शर्माले लायन्स डेन्टल अस्पतालमा नयाँ पुराना कपडा सहयोग संकलन गरि छिट्टै वितरण केन्द्र सञ्चालनमा ल्याइने जानकारी दिंदै भने, ‘हामी सबै लायन्स ननलायन्स सबैसँग भएको आफुले प्रयोगमा नल्याउने सबैखाले सफा कपडा क्लाथ बैंकमा जम्मा गर्न अपील गरेका छौं ।’


लायन्स क्लब अफ नेपालगन्जका निवर्तमा अध्यक्ष पुष्कल नेपालले पहिलो दिननै ३५ जोर विभिन्न प्रकारका सफा कपडा संकलन भइसकेको जानकारी दिए । ‘यो एउटा पवित्र उद्देश्यले सञ्चालित कार्य हो,’ नेपालले दैनिक नेपालगन्ज सँग भने, ‘जो कसैले पनि आफुले प्रयोग गर्न नचाहेका सफा कपडा जम्मा गर्न सक्नेछन् ।’
‘लुगा चाहिंदैन ? हामीलाई दिनुहोस्, लुगा आवश्यक प¥यो हामीसँग लैजानुहोस्,’ क्लाथ बैंकको नारा सुनाउँदै अध्यक्ष शर्माले मानविय क्षेत्रमा योगदान दिने उद्देश्यले यो अवधारणा ल्याइएको जानकारी दिंदै कपडाको आवश्यकता पर्ने लक्षित वर्गसम्म सेवा प्रवाहको अवस्था सुनिश्चितताका लागि पहल खोजिएको बताए । ‘संकलन कार्य एउटा चरणमा पुगेपछि वितरणको सुविधासहित भव्य उद्घाटन गर्ने कार्यक्रम छ,’ अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया