नेतत्वमा डा. सुवेदी, बाँकेमा प्रजातान्त्रिक बिचार समाजको अधिवेशन

नेपालगन्ज – प्रजातान्त्रिक विचार समाज बाँकेको तदर्थ समितिले अधिवेशन गरि नयाँ नेतृत्वलाई बैधानिकता दिएको छ ।

अधिवेशनले तदर्थ समितिका संयोजक डा. राजकुमार सुवेदीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । पत्रकार शुक्रऋषि चौलागाईंका अनुसार, प्रजातान्त्रिक विचार धाराका प्राध्यापक, शिक्षक, वकिल, चिकित्सक, इन्जिनियर र पत्रकार समाजको सदस्य बन्न सक्ने प्रावधानअनुसार कार्यसमिति गठन गरिएको हो ।

समाजको उपाध्यक्षमा दोर्ण बहादुर वली, सचिवमा चित्र बहादुर शाही, सहसचिवमा निवेश शर्मा, कोषाध्यक्षमा अमृता केसी चयन भएका छन् । चौलागाईं सहित मोहनजंग शाह, डा. संकेत कुमार रिसाल, डा. अवनिन्द्र दत्त मिश्रा, टेकेन्द्र महतरा, नुतन पौडेल, पारस खडका, मो. अयूव सिद्दीकी, डिल्लीकमल शर्मा, प्रिया स्मृति ढकाल सदस्य रहेको समाजमा सनत कुमार रेग्मी, डा राजेश केशर खनाल, जयनारायण शाह, विरेन्द्र यादव, इश्वरीप्रसाद ज्ञवाली, गणेश कुमार रेग्मी, प्रहलाद बहादुर कार्की र जयसिंह केसी सल्लाहकार बनाइएको छ ।

समाजका नवनिर्वाचित अध्यक्ष डा. सुवेदीले प्रजातान्त्रिक बिचार स्थापित गर्दै लोकतन्त्र सुदृढ गर्न आफुहरु लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया