नेपालगन्ज- नेपालगन्जमा नेपाल कानुन ब्यवसायी परिषदको २६ औं स्थापना दिवस मनाइएको छ । दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल कानून व्यवसायी परिषद्ले उच्च अदालत बार एशोशिएशन नेपालगन्जको आतिथ्यतामा सोमबार गरेको अन्तक्र्रियाको परिषदका पार्षद वीर बहादुर रोकायको अध्यक्षतामा भएको थियो ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश हेमराज पन्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उच्च अदालत जनकपुर बिरगंज इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च अदालत बार एशोसिएशन नेपालगन्जका अध्यक्ष बिकास आचार्य, निवर्तमान अध्यक्ष बलबहादुर चन्द, बरिष्ठ अधिवक्ता भोला सिंह हमाल, अधिवक्ता प्रहलाद बहादुर कार्की लगायतले बोेलेका थिए ।
कार्यक्रममा अधिवक्ता लोकबहादुर शाहले कानून ब्यवसायी परिषद् र कानुन ब्यवसायीले निर्वाह गर्नु पर्ने भूमिकाका बिषयमा कार्यपत्र प्रस्तुत पनि गरेका थिए ।