कोहलपुर नगरद्वारा मासु पसलमा कडाई, केहि समान नियन्त्रणमा

राम बहादुर रावत /कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा आईरहेका मासु पसललाई कडाईका साथ अनुगमन गरेको छ । कोहलपुर नगरपालिका अन्तर्गत बजार अनुगमन टोलिले नगर क्षेत्र भित्र मापदण्ड विपरित सञ्चालनमा रहेका मासु पसलहरुको अनुगमन सुरु गरी मासु पसलमा प्रयोग हुने केहि सामानहरुलाई नियन्त्रणमा लिएको छ ।

विषेश गरी खुल्ला स्थानमा माछा र मासु विक्रि वितरण गर्ने व्यवसायीहरुको अनुगमन गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १४मा रहेका ६ वटा मासु पसल, कोहलपुर नगरपालिका वडा नं. १० र ११ मा रहेका केहि माछा र मासु पसलमा अनगुमन गरी मासु काटन् प्रयोग हुने अचानो, मासु राख्न प्रयोग हुने टेबुल, माछा राख्ने ड्रम लगायत अन्य टिनका पाताहरु नियन्त्रणमा लिईएको बजार अनुगमन टोलिका संयोजक धन बहादुर खत्रीले जानकारी दिएका छन् । उनका अनुसार पटक पटक अनगुमनका क्रममा मापदण्ड पुरा गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिँदा अटेर गरेकोले यस पटक केहि सामानहरु नियन्त्रणमा लिइएको छ ।

कोहलपुर नगरपालिकाले पटक पटक माछा र मासु पसलको अगुमनका क्रममा खुल्ला स्थानमा मासु विक्रि वितरण नगर्न सुझाव र निर्देशन दिँदा पनि निर्देशनलाई पालना नगर्ने व्यवसायीहरुको सामान नगरपालिकाले नियन्त्रणमा लिएको उनले बताएका छन् । साथै उनले मापदण्ड विपरीत मासु व्यवसाय सञ्चालन गरीरहेका कोहलपुर १४का एसके मिट सप, लालु मिट पसल, सिमतालि फ्रेस हाउस, चौधरी मिट सप, जेनिस बँगुर सेन्टर तथा नास्ता पसल, किवान थापा मासु पसल गर्ने स्थानबाट मासु काटन् प्रयोग हुने अचानो, मासु राख्न प्रयोग हुने टेबुल, माछा राख्ने ड्रम लगायत अन्य टिनका पाताहरु नियन्त्रणमा लिईएको संयोजक खत्रीले बताएका छन् ।

त्यस्तै कोहलपुर १० मा रहेको थापा पे्रmस हाउस एण्ड सप्लायर्स, कोहलपुर ११मा रहेका जाजरकोटी सप्लायर्स, न्यू सिर्जना फ्रेस हाउस, रावत नास्ता पसल, नरेश विसी र दुर्ग बहादुर कार्कीको मासु पसलका सामानहरु नियन्त्रणमा लिईएको छ । कोहलपुर नगरपालिकाले व्यवसायिहरुसँग आवश्यक छलफल गरे पछि मात्र सामानहरु व्यवसायीहरुलाई दिईने उनले बताएका छन् ।


त्यस्तै बजार अनुगमन टोलिले शुक्रबार पनि बजार अनुगमन निरन्तरता दिएको छ । बजार अनुगमनमा विशेष गरी मूल्य सूचि, साइन बोर्ड, व्यवसाय दर्ता वा नविकरण, नापतौलको प्रमाण पत्र, लेबलमा खुलाउनुपर्ने कुराहरु स्पष्ट उल्लेख भए वा नभएको, म्याद नाघेका सामार्गीहरु लगायतका १४ वटा मापदण्डमा रहि पसलहरुको अनुगमन जारी रहेको संयोजक खत्रीले बताएका छन् । अनुगमनका क्रममा कोहलपुर नगरका व्यापारीहरुले नगरपालिकाबाट व्यवसाय दर्ता प्रमाणपत्र नलिएको पाईएकोले तत्काल नगरपालिकामा गएर व्यवसाय दर्ता प्रमाण पत्र लिन सुझाव दिईएको बताएका छन् ।

कोहलपुर नगरपालिका बजार अनुगमन टोलिका संयोजक धनबहादुर खत्रिको नेतृत्वमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरि कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च बाँके, उद्योग वाणिज्य संघ कोहलपुर बाँकेका प्रतिनिधिहरु र नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया