१७ वर्ष देखि दाम्लोमा दाजुभाई

नेपालगन्ज : नेपालगन्ज उप महानगरपालिका वडा नम्बर २० नयाँबस्ती थपुवामा दाजुभाईलाई नै डोरीले बाँधेर राखिएको छ । एक दुई दिन होइन, दाई १७ र भाइ १४ वर्षदेखि भाई पशुसरह दाम्लोमा बाँधिएको अवस्थामा भेटिएका हुन् ।‘तपाई हामीलाई कसैले विना कसुर एकै ठाउँमा बस्नु यता उता जान पाउँदैन भन्यो भने कस्तो महसुस हुन्छ ? सायद तपाईहरुलाई पनि आतुर लाग्छ होला बाहिरी बातावरणमा रम्न अनि घुम्न,’ पत्रकार खगेन्द्र दाहालले स्थलगत अवस्था देखेपछि दैनिक नेपालगन्जसँग भने, ‘पशुलाई पनि स्वतन्त्र रुपमा छाड्ने समय आएको बेला जन्मिएको ४÷५ वर्ष देखि नै डोरीमा बाँधिएर बस्नुपरेको सुन्दा पक्कै नरमाइलो लाग्छ नै ।’

दाई रवि राई र भाई सरोज राईलाई सानोमा हिड्डुल गर्ने भएदेखि नै डोरीले बाँधेर राख्नु परेको आमा सावित्री राईले जानकारी दिइन् । सावित्रीका चार मध्ये दुई सन्तानमा गम्भीर समस्या देखिएको हो । दुवै छोरा बौद्धिक अपाङ्ग भएकाले बाँधेर राख्नु परेको आमा सावित्रीले बताइन् । जेठो छोरा २२ वर्षका छन् भने कान्छो छोरा १४ वर्षका छन् ।
आर्थिक अवस्था कमजोर हँुदा दुई दाजु भाईको उपचार गराउन, लालानपालन गर्न कठिनाई उत्पन्न भएको पाएपछि पत्रकार दाहालले सहयोगको अपील पनि गरेका छन् । ‘छोराहरुलाई नबाँध्नेहो भने गाउँमा गएर सताउने, जस्तो पायो त्यस्तै खाइदिने, बेला बेलामा हराउने समस्या भएपछि बाँधेरै राखिएको आमाले जानकारी दिनुभयो,’ दाहालले भने, ‘दुई छोरीको बिहे भइसकेको श्रीमान थलिएको अवस्थामा रहेकाले दुवै छोराहरुलाई हेरचाह आमाले नै गर्दे आउनुभएको छ ।’

निकै विपन्न परिवारकी सावित्रीले गाउँमैं दुःखजीलो गरेर दुई सन्तान र बिरामी पतिलाई स्याहारसुसारदेखि लालनपालसम्म एक्लै गर्नु परेको छ । ‘कम्तिमा अपाङ्गाता भएकाहरुको क्षेत्रमा काम गर्ने संस्थाले वा सरकारी निकायले दुई बालकलाई बन्धनमुक्त अवस्थामा बाँच्ने सुनिश्चितता गरिदिनसके हुन्थो,’ पत्रकार दाहालले आमा सावित्रीको सांग्रीला विकास बैंकको खाता नम्बर ०२३०१२००२४७२०३०००००१ टिपाउँदै भने, कुनै मनकारी व्यक्तित्व वा संस्थाले आर्थिक सहयोग गरिदिएपनि निकै ठुलो राहत ती आमालाई हुन्थ्यो ।’ नेपागन्जउपमहानगरपालिकामा आफुले कुरा पु¥याइसकेको पत्रकार दाहालले जानकारी दिए । ‘उपप्रमुख उमा थापामगरले सकारात्मक प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया