हिंसा पीडितको उद्दार, प्रहरीमा उजुरी

लामो समय देखि शारीरीक तथा मानसिक हिसा दिएर बाकेमा पतिले पत्नीलाइ कुटपीट गरेका छन । नेपालगंज उपमहानगर वडा नं ९का महेश बर्माले पत्नी अनिता बर्मा माथि कुटपीट गरेका हुन ।

जानकी गाउपालीका वडा नं ३की अनिता ८बर्ष अघि बिबाह गरेर महेशको घर आएकी थिइन । अनिताका २ छोरी छन । छोरी पाएको निउमा अनेकौ बाहना गरे पति र पतिका परीवारले आफुमाथि हिसां गर्दै आएको अनिताले बताइन ।

‘माइतीको इज्जत सम्झेर चुप लागेर बसे’। अहिले मार्न खोजेपछि माइतीलाइ खबर गरे अनिताले भनिन– मलाइ न्याय चाहियो । उनको कुटाइ बाट आखामा रगत जमेको छ भने मुखमा चोट लागेका कारण खान समेत खान गह्रो भएको उनले बताइन ।

बन्धक बनाएर परिवारले कुटेको थाहा पाएपछि माइती पक्षले मंगलबार उनको उद्धार गरेको थियो । अनिताका बुवा लालजी कुर्मी छोरी र नातीनीको सुरक्षा को माग गर्दै प्रहरी का पुगेका छन । जिल्ला प्रहरी कार्यालय बाकेमा अनिताले महेश बिरुद्ध उजुरी दिएकी छन ।

प्रतिक्रिया

प्रतिक्रिया