रञ्जना थारु / प्रशिक्षार्थी
नेपालपत्रकार महासंघ बाँके शाखाले नेपालगन्ज शहरको फोहरको अवस्थाझल्काउने खालकाफोटोहरुको प्रदर्शनी गर्ने भएको छ । फोटो प्रदर्शनीको लागि‘ऐना’नामदिइएकोे फोटो प्रतियोगिताको पनिआव्हान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकासँगको साझेदारीमा गर्न लागिएको फोटो प्रतियोगिता र प्रदर्शनीले नेपालगन्जशहरमा फोहोर व्यवस्थापनको अवस्था र यसको समाधानको लागिउपायहरुको खोजी गर्ने उद्देश्य राखेको छ ।
खुला फोटो प्रतियोगितामा जो कसैले सहभागीता जनाउन सक्नेछन । प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रमा रहेको फोहरमैलाको अवस्था र यसको व्यवस्थापनकालागि गरिएको प्रयासहरुलाई झल्काउने फोटोहरु समावेश गरिनेछन । यस प्रतियोगितामा मोबाइलवा डिएसएलआर जुनसुकै बाटखिचेको २ मेगापिक्सलभन्दा बढिको फोटोलाई समावेश गरनेछ भने एक जनाले बढिमा ५ मात्रफोटो प्रतियोगिताको लागि पठाउने सक्नेछन ।
नेपालगन्जका युवा फोटोग्राफरहरुको समूह नेपालगन्ज फोटोवाकर्सले संयोजनकारी भूमिका खेलेको प्रतियोगिताकालागिअसार १५ गते आइतबारसम्माफोटो पठाइसक्नुपर्नेछ । प्रतियोगितामा प्रथमलाई १००००। दोस्रोलाई ५०००। र तेस्रोलाइ ३०००। पुरस्कार दिइनेछ ।
प्रतियोगितामा छनौट भएका उत्कृष्ट ३० वटा फोटोलाई नेपालगन्जको विपिचोक, धम्बोझीचोक, गणेशमानचोक, बसपार्क, सेतु विक चोक र विरेन्द्रचोकमाप्रदर्शनीमा राखिनेछ । प्रर्दशनीकै बेलामाउत्कृष्ट फोटोको छनौटका साथै फोहरमैलाविशेषगरी प्लाष्टिकजन्य फोहर व्यवस्थापनका लागिनागरिकहरुको सुझाव संकलनसमेत गरिनेछ । फोटो पठाउनका लागि https://bit.ly/2X7RfKQ मा गएर फोटो पठाउन सकिनेछ ।