सुष्मा शाही/प्रशिक्षार्थी
प्रिमियर इन्स्योरेन्स द्धारा पिडीतलाइ ४० मिनेट भित्रै बीमा वापतको क्षतीपूर्ती रकम हस्तान्तरण
प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको नेपालगंज शाखाले ४० मिनेट भित्र गाडि धनीलाई गाडिमा भएको क्षतिपूर्ती अन्तर्गतको दाबीरकम भुक्तानी गरेको छ ।
इन्स्योरेन्सले मिति २०७६।०३।०४ गते जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ८ स्थित भुरिगाउ ठाकुरबाबा सडकखण्डमा अटेा अनियन्त्रित भइ दुर्घटना भएकाले सो बापत दावी रकम दाबीको लागि अावश्यक कागजात प्राप्त गरेको ४० मिनेट भित्र गाडि धनी जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं १ का श्री सन्तेाष थारुलाइ भुक्तानी गरेको हो ।