रेसम महतरा / सुरेश प्याकुरेल
नेपालगंजमा कर्णाली डेपलपमेन्ट बैंकको केन्द्रिय कार्यालयको भवन शिलान्यस गरिएको छ । कर्णाली डेपलपमेन्ट बैंकका प्रमुख कार्यकारी निर्देशक दिनेश कुमार रावतले भवन निर्माणको बिधि बिधान अनुसार पुजा पाठ गरी शिलान्यस गर्नु भएको हो ।
नेपालगंज उप महानगर पालिका वडा नम्बर १२ स्थित आज पुजा कार्यक्रम गरी शिलान्यस गरिएको बरिष्ठ प्रबन्धक निरज बिक्रम शाहले जानकारी दिनु भयो । केन्द्रिय कार्यालय नेपालगंज रहेको बैंकले बाँके ,बर्दिया, दाँग जिल्लाहरुबाट १७ वटा शाखा मार्फत जनता माँझ आप्mनो सेवा प्रदान गर्दे आएको बरिष्ठ प्रबन्धक शाहले जानकारी दिनु भयो ।
नेपालगंजमा केन्द्रिय कार्यालय राखी २०६० सालमा स्थापना भएको कर्णाली डेभलपमेन्ट बैंकको चुक्ता शेयर पुँजी ५० करोड भन्दा बढि रहेको छ भने ३ अर्ब बढिको कारोबार रहेको शाहले जानकारी दिनु भयो ।
बाँके,बर्दिया,दाँग बाट बिभिन्न स्थानिय यूवाहरुले रोजगार पाउनुका साथै सहज र सरल तरिकाले एटिएम सेवा तथा कृषि कर्जा , बिपन्न कर्जा, औद्योगिक कर्जा, ब्यावसायिक कर्जा सहितका कर्जाहरु प्रवाह हुने गरेको बताउनु भयो । बैंकको कारोबारलाई प्रबद्र्धन गर्दे जनताहरुका लागि सेवा प्रदान गर्दे जाने लक्ष्य रहेको बताउनु भयो । बैंकले देशमा संचालित बिभिन्न रेमिटान्स सेवाहरु प्रदान गर्दे आएको छ ।