बाल बिबाह बिरुद्ध अभियानका बाबजुद पनि बाल बिबाह अझै न्यूनीकरण हुन सकेको छैन बाकेमा बालबीबाह न्युनीकरण सम्बन्धी अभियान प्रभाबकारी बनाउन कानुनी प्रक्रियालाइ प्रभावकारी बनाउन सरोकारवालाले जोड लिएका छन ।
प्लानको सहयोगमा सामाजीक सचेतन सरोकार मंच स्याकले नेपालगंमा आयोजना गरेको सरोकारवाला स.गको पैरबी बैठकमा सो कुरामा जोड दिइएको हो । खजुरा गाउपालीकाका उपाध्यक्ष एकमाया बिकले अहिले सम्म बालबिबाहका घटना कानुनी दायरामा आउन नसक्दा बालबिबाह बढदै गएको बताइन । उनले भनिन ्र कसले उजुरी दिने अनि कसरी कारवाइ हुन्छ । उनले बालबिबाह बिरुद्ध खजुरा गाउपालीकाा बालबिबाह मुत्त गाउपालीका घोषणाको तयारीमा रहेको जानकारी दिइन ।
महिला बालबालिका शाखा प्रमुख शोभा शाहले बालबिबाहका मुद्धा कमजोर बन्दा बालबिबाह बढदै गएको बताइन । बालबबिबाह लाइ कानुनी अपराध संगै सामाजीक अपराधको रुपमा समाजले नबुझदा बालबिबाहले प्रसय पाइरहेको उनले बताइन ।
जिल्ला प्रहरी कार्यलय बाकेका डिएसपी प्रकाश सापकोटाले बाके बालबिबाह गर्ने क्रम पछिल्लो समय झन बढ्न थालेको बताए । उनले भने ्र बालबिबाहसँगै सामाजिक र पारिवारिक सम्बन्ध बिग्रने क्रम पनि बढेको छ । सस्थाका टिम लिडर घर समुदाय हुदै विद्यालय सम्म चेतनामुलक कार्यक्रम संचालन गरीनुपर्ने जिकीर गरीन ।
सामाजिक परम्परा र आधुनिक सूचना प्रविधिको दुरूपयोगले बालविवाह बढेको अधिकारकर्मी बताउँछन् ।यसैबिच सामाजीक सचेतन सरोकार मंच स्याकले नेपालगंमा
बालबिबाह रोकथाम र लैगिक रुपान्तरण सम्बन्धी दुइ दिने गोष्ठी सम्पन्न गरेको छ ।
जसमा जनप्रतिनीधि तथा बालबालिकाको सवालमा कार्यरत कर्मचारी लाइ बाल बिबाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ बारे जानकारी गराइएको थियो ।