होटेल स्नेहाले नेपालगन्जमा महिलाहरुका लागि स्पा सञ्चालनमा ल्याएको जनाएको छ ।
मलामा स्पा एण्ड वेलनेस हटका नाममा स्नेहाले स्पा सञ्चालनमा ल्याएको हो । स्पा सञ्चालक निशा बुढाले स्पाका बारेमा मानिसहरुमा नकारात्मक धारणा तथा अत्यधिक भ्रम रहेकोले चिर्न आफु केन्द्रीत रहेको बताइन् ।
सोमवार पत्रकार सम्मेलन गर्दै दिइएको जानकारीम स्पा थेरापी प्रशिक्षक बुढाले स्पाले मानिसहरुमा हुने कामको थकान, डिप्रेसनलाई शान्त वातावरणमा मसाज, बडि पालिस, डिप फेसियल सहितका सुबिधाहरुबाट कम गराउने जानकारी दिइन् ।
यसैबीच, महिलाहरुलाई लक्षित गरेर नेपालगन्जमा मलामा स्पाले शनिवार बृहत महिला पुल पार्टीको आयोजना गर्ने भएको छ । होटेल स्नेहा क्लर्क इन स्वीटले महिलाहरुलाई लक्षित गरि घर घरायसी काममा, व्यापार व्यावसायमा व्यस्त समयमा हुने मानसिक तनाव र थकान कम गर्नका लागि मसाज, स्पा सहितको स्पा सेन्टर शनिवार बृहत पुल पार्टी आयोजना गर्ने भएको हो ।
दिँउसो ३ बजेदेखि राति ९ बजेसम्म हुने पुल पार्टीमा बिभिन्न क्षेत्रका महिलाहरु सहभागी हुने सोमबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि बताएको छ । काठमाडौ र पोखरामा स्पा सेन्टर चलाएका दक्ष जनशक्तिहरुद्वारा मसाज, स्पा, बडि पालिस, डिप फेसियलसहितका सुबिधाहरु बाँके जिल्लामा पहिलो र एकमात्र स्पा सेन्टर हुने होटेल स्नेहा क्लर्क इन स्वीटस्का जर्नल म्यानेजर तोरवान घोषले जानकारी दिए ।