अडानको केन्द्रीय समिति खान र राई निर्वाचित

नेपाल अडिटर्स एशोसिएसन (अडान) को केन्द्रीय समितिमा बाँकेका अब्दुल करिम खान र मोहम्मद जुबेर राई निर्वाचित भएका छन् । काठमाडौं भएको केन्द्रीय महाधिवेशनले खालाई प्रदेश ५ का तर्फबाट केन्द्रीय उपाध्यक्ष र राईलाई केन्द्रीय सदस्य पदमा निर्वाचित गरेको हो । महाधिवेशनले मोहनराज रेग्मीको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिमा बाँकेबाट पनि निर्वाचित भएका हुन् ।

अडानको महाधिवेशनले १८ बुंदे अपिल समेत गरेको छ । कार्यसमितिले जारी गरेको अपिलमा स्वदेशी लगानीलाई प्रर्वद्धन र संरक्षण गदैं विदेशी लगानीसमेत भित्राई मुलुकको विकास गर्न अब ढिलो गर्न नहुने बताइएको छ । ‘करीब ४० लाखको हाराहारीमा बिदेश पलायन भएका युवाहरुलाई स्वदेशमा रोजगारी श्रृजना गर्ने गरि आर्थिक बिकासका कृयाकलाप गर्न’, अपिल मार्फत अडानले माग गरेको छ ।

अपिलमा संबिधानको भावना बिपरित रहेको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन २०५३ तथा नियमावलीमा दर्तावाला लेखापरीक्षकहरुलाई लादिएका बिभेदकारी ब्यवस्थाहरु खारेज गरि सबै सदस्यहरुलाई समान अधिकार राज्यले प्रदान गर्नु पर्ने माग गरिएको छ । ‘योग्ता र क्षमताको आधारमा सबै दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षण गर्ने अधिकार स्थापित गर्नका लागि बिद्यमान बिभेदकारी सबै ब्यवस्था हटाउन यो महाधिवेशन जोडदार माग गर्दछ’, अडानको अपिलमा उल्लेख छ ।

प्रतिक्रिया

प्रतिक्रिया