बिहे नगरेपछि बन्धक !

बाँके नरैनापुर गाउँपालिका वडा नं. ५ स्थित केटा पक्षले बिहे गर्न इन्कार गरेपछि केटी पक्षले केटा पक्षका दुई जना व्यक्तिलाई भारत पुर्याएका छन् । उनीहरुलाई भारत श्रावस्तीको ककरदरी गाउँमा आइतबार बन्धक बनाएर राखेका थिए ।


भारतबाट तिलकका लागि नरैनापुर पुगेका केटी पक्षलाई स्थानीय इन्द्रजित यादवले छोराको बिहे गर्न अस्वीकार गरेपछि फर्केका केटी पक्षले नरैनापुर–५ बस्ने नन्कउ प्रसाद यादव र राधे यादवलाई आइतबार दिउँसोबाट बन्धक बनाएका हुन् ।


घटनाबारे इलाका प्रहरी कार्यालय भगवान पुरले सूचना पाए लगत्तै श्रावस्ती थाना मल्लिपुर र एसएसबी क्याम्प ककरदरीसँग समन्वय गरी सोमबार साँझ बन्धकलाई मुक्त गराएको छ ।
केटी पक्षले केटा पक्षलाई बुझाएको सामाग्री फिर्ता गर्न गएका आफन्तलाई बयलगाडा सहित आइतबारदेखि बन्धक बनाएका थिए ।

इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज विरेन्द्र विश्वकर्माको नेतृत्वमा गएको टोलीले एसएसबी, भारतीय प्रहरीको समन्वयमा नेपाली नागरिकलाई छुटाएको हो । भारतीय प्रहरीले बन्दक बनाउने केटी पक्षको परिवारलाई अपहरण मुद्दा चलाएको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया