विद्यार्थीको कला प्रदर्शनी

कलेज अफ अलाइडका विद्यार्थीहरुले आफ्नो कला प्रदर्शनी गरेका छन् । सोमबार कलेज परिसरमा विद्यार्थीहरुले विभिन्न विज्ञान तथा आधुनिक हस्तकलाहरुको प्रदर्शनी गरेका हुन् ।


कलेज अफ अलाइडका टेक्निकल साइन्स अध्ययरत विभिन्न तहका विद्यार्थीहरुले स्मार्ट सिटिको नमूना प्रस्तुत गरे । उनीहरुले अत्याधुनिक अस्पताल, सूचना प्रविधिको पहुँच, सपिङ मल, फ्लाइ ओभर लगायतका विभिन्न आधुनिक पूर्वाधारका नमूनाहरु निर्माण गरी प्रदर्शनीमा राखेका थिए ।


उनीहरुले भ्यू टावरदेखि ग्रिन सिटीसम्मका अवधारणालाई प्रदर्शनीमा राखे । कलेज अफ अलाइडका प्रबन्ध निर्देशक संजय सिंहको अध्यक्षतामा भएको प्रदर्शनीमा भेरी प्राविधिक शिक्षालयका प्रमुख अच्युत दाहाल प्रमुख अतिथिका रुपमा सहभागी थिए ।

कलेज अफ अलाइडका निर्देशक रेवती सिंहका अनुसार, प्रिन्सिपल शेर बहादुर थापाले विद्यार्थीहरुले बनाएका कला कौशलको अवलोकनमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया