विद्यार्थी बीच अतिरिक्त क्रियाकलाप

नेपालगन्जमा बिद्यालयको नियमितताको बारेमा बिद्यार्थी बीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । विद्यार्थीलाई विद्यालयमा आकर्षण गराउन नेपालगन्जमा बिभिन्न कार्यक्रम गरिएको हो ।


महेन्द्र उच्च माबिमा आयोजित वक्तृत्वकला प्रतियोगितामा ६ वटा विद्यालयका ११ जना विद्यार्थीले सहभागिता जनाएका थिए । जसमा सरस्वती माबि प्रथम, मंगल माबि द्वितीय, धम्बोजी माबि तृतीय भए ।


यसैगरी जोखिम न्यूनिकरणका लागि विद्यालय जोखिम नक्साकंन बिषयमा चित्रकला प्रतियोगिता गरिएको छ । नेपालगन्ज स्थित पाँच वटा विद्यालयका २० जना विद्यार्थीले चार जनाको समुहका चित्रकला प्रतियोगितामा सहभागी भए । कार्यक्रममा चित्रकला प्रतियोगितामा नारायण माबि प्रथम, सरस्वती माबि द्वितीय तथा महेन्द्र माबि तृतीय भएका छन् ।


सेभद चिल्ड्रेनको सयौ बर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई पुरस्कृत गरिएको सामाजिक बिकास मञ्चका बिरजेश यादवले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया