स्वस्तिका प्रकरणमा थुना आदेश

बाँक जिल्ला अदालतले रहस्यमय मृत्युको एउटा घटनामा आरोपीलाई थुनामा राख्न आदेश गरेको छ । नेपालगन्ज–१० भृकुटीनगरकी स्वस्तिका लिम्बुको हत्या आरोपमा पक्राउ परेका मुकेश बुढाक्षेत्रीलाई सोमवार बाँके जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।


आइतवारदेखिनै सुरु भएको बहस सकिएलगत्तै न्यायधिश अनिलकुमार शर्माको एकल इजलासले स्वस्तिकाका श्रीमान बुढाक्षेत्रीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अधिवक्ता लोकबहादुर शाहले जानकारी दिए । १९ बर्षीया स्वस्तिकाको बैशाख १ गते रहस्मयढंगले मृत्यु भएको थियो ।


स्वस्तिका मृत्युको घटनालाई परिवारले आत्महत्या गरेको बताएपनि माइती पक्षले श्रीमान बुढाक्षेत्रीले हत्या गरेको भन्दै आन्दोलन गर्दै आएका छन् । बुढाक्षेत्रीलाई मुलुकी फोजदारी कार्यविधि ऐन २०७४ को दफा ६७ वमोजिम पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको हो । बहस चल्दै गर्दा सोमवार जिल्ला अदालत बाहिर दबाब प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया