यस्तो छ अख्तियारको विज्ञप्ति
Commission for the Investigation of Abuse of Authority -CIAA
प्रेस विज्ञप्ति :- मिति २०७६।०१।२७ गते
—————————————————–
आरोप-पत्र दायर गरिएको
——————————-
जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाअन्तर्गत विभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत बिमला विष्टसमेतका स्वास्थ्यकर्मीहरूले नक्कली प्रमाणपत्र (एस.एल.सी.)को आधारमा अ.न.मी. कोर्ष पढी अ.न.मी. पदमा पदस्थापन भएको हुँदा निजसमेतको प्रमाणपत्र छानबिन गरी कारबाही गरी पाउँ भन्ने व्यहोराको उजुरीसम्बन्धमा अनुसन्धान हुँदा निज बिमला विष्टले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, School/Centre SBIC GHARUWAR BARHINI SIDDHARTHNAGAR, भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको झुट्ठा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी अ.न.मी. को प्रमाणपत्रको आधारमा मा.सि.का. सहायक चौथोबाट अ.न.मी. सहायक चौथो पदमा अपग्रेडसमेत भई राष्ट्रसेवकको ओहदामा रही सरकारी लाभ सुविधा लिएकोकार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरगरेकोले निज बिमला विष्टलाई सोही ऐनको दफा १६(१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
सहायक प्रवक्ता
मदन कोइराला