जनताको आँगनमा जनप्रतिनिधि

नेपालगन्ज वडानम्वर २० का जनप्रतिनिधिहरुले घर आगमनमा गई स्थानीय नागरिकहरुका गुनासो सनेका छन् । बास र अकाउण्टबिलिटि ल्यावले सञ्चालन गरिरहेको जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्र्तगत सुरु गरेको जनताको आगनमा जनप्रतिनिधि नामक कार्यक्रममा बैशाख २२ गते सहभागि भएर उनीहरुले स्थानीय नागरिकका गुनासो सुनेका हुन् ।


वडानम्वर २० को नयाँ बस्ति थपुवामा जनप्रतिनिधिहरु गुनासो सुन्न पुगेका थिए । वडाध्यक्ष कृष्ण बहादुर कार्की, वडा सदस्य चक्र बहादुर बुढा लगायत जनप्रतिनिधिहरुले गुनासो सुनेका थिए । स्थानीयहरुले गाउँ, टोलमा बढ्दो बालबिबाह, लागु औषध, सुकुम्वासी समस्या, सार्वजनिक शौचालयको अभाव, सामाजिक सुरक्षा भत्ता, सरसफाई आदिका बिषयका समस्याहरु उठान गरेका थिए ।


कार्यक्रममा स्थानीय तुले थापाले एक जना स्थानीय युवाले ३ महिना अघि भगाएर केटी ल्याएको उल्लेख गर्दै बिबाह गर्दा प्रहरीले रोकेको बताए । अन्तिममा आएर बिबाह रोक्दा गरिवलाई मर्का पर्छ, उनले भने—बिबाह रोक्ने भए पहिले रोक्नु पथ्र्याे ।


स्थानीयहरुले गाउँमा बाल्य अवस्थामैं भगाएर ल्याउने क्रम बढेर गएको बताए । स्थानीय आशा सार्किले गाउँमा बालबिबाह हुँदा पनि स्थानीयहरु नबोलेको भन्दै दुःख व्यक्त गरिन् । अर्का स्थानीय कर्ण बि.सि.ले बालबिबाह रोकथाम गरिवको घरमा मात्र सिमिति रहेको दुःखेसो पोखे ।
बालबिबाह रोकेको आरोपमा छोरीलाई धम्कि दिईएको उल्लेख गर्दै तुलि देबि बुढा क्षेत्रीले छोरीको सुरक्षा माग गरिन् । स्थानीयहरुको गुनासो सुन्दै वडाध्यक्ष कृष्ण बहादुर कार्कीले नयाँ बस्तिको बिद्युत समस्या समाधानका लागि पहल गरेको बताउँदै लागु औषध र बाल बिबाह नियन्त्रणका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । परियोजना बारे समुदाय अगुवाई समन्वयकर्ता शोभा थापा मगरले स्थानीय स्तरमा फेला परेका तथ्यहरु बारे जानकारी गराएका थिए भने कार्यक्रमको उद्धेश्य बारे परियोजना संयोजक नमस्कार शाहले प्रकाश पारेका थिए ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बासले नेपालगन्जको वडा नं १३ सितलनगरमा जनगुनासो सुनुवाई बिषयक छलफल सम्पन्न गरेको छ । गुनासो सुनुवाई तथा हेल्प डेस्क सञ्चालन एवं व्यवस्थापन कार्यक्रम अन्र्तगत सो कार्यक्रम गरिएको हो ।


५० बढिको सहभागिता रहेको सो कार्यक्रममा बासकि सहजकर्ता बिन्दु बस्नेतले गुनासो, गुनासो व्यवस्थापन, नेपालगन्ज उपमहानगरपालिकाले अवलम्बन गरेको गुनासो प्रणाली बारे जानकारी गराएका थिईन् भने कार्यक्रम सन्चालन बासका सिएफए शोभा थापा मगरले कार्यक्रम सञ्चालन गरेकि थिइन् ।

छलफलका सहभागिहरुले शितलनगरमा खानेपानीको पाईप बिच्छ्याउनु पर्ने, शितलनगरका लागि वडाले बजेट छुट्याउनु पर्ने, बिभिन्न होटेलहरुले टोलमा फाल्ने फोहर बन्द गर्नुपर्ने, प्लाष्टिक मुक्तका लागि प्लाष्टिक कम्पनिहरु बन्द गर्नुपर्ने, किटनाशक झुलहरु बितरण गर्नुपर्ने, नजिकका बिभिन्न मन्दिरहरुबाट आउने आवाज बन्द गर्नुु पर्ने, सरसफाई हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया