झिःगु भृकुटी नेवाः गुठी भृकुटीनगर नेपालगन्जले मजदुर दिवसको अवसर पारेर टोल सरसफाई कार्यक्रम आयोजना गरेको छ ।
गुठीका अध्यक्ष चन्द्र श्रेष्ठको अगुवाईमा नेपालगन्ज–१० का कार्यवाहक अध्यक्ष नर बहादुर, टोल विकासका अध्यक्ष सरला विष्ट लगायतको सहभागितामा सचेतनामूलक सरसफाई कार्यक्रम गरिएको हो ।
‘बेलाबेला सिर्जनात्मक गतिविधि गर्दै आएका छौं’, अध्यक्ष श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘त्यसैक्रममा मजदुर दिवस पारेर सरसफाई कार्यक्रम गरिएको हो ।’