कानूनको कार्यान्वयन नहुँदा मानव बेचबिखन

कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा मानव बेचबिखनका घटनाले निरन्तरता पाईरहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।


प्लान इनटरनेशनल नेपालको सहयोगमा साथी बाँकेद्वारा संचालित नेपालमा बाल बेचबिखनको अन्त्य परियोजना अन्तर्गत काम गर्ने साथी सस्था बाँकेका कर्मचारीहरुका लागि आयोजित एक दिने अभिमुखिकरण कार्यक्रम बोल्ने वक्ताहरुले मानव बेचबिखन सम्बन्धि कडा कानून भए पनि फितलो कार्यान्वयन अवस्थाले मानव बेचबिखनका घटनाले निरन्तरता पाएको बताएका थिए ।


उक्त कार्यक्रमको लैंगिक हिंसा, अधिकारमुखी अबधारणा लगायतका बिषयमा अधिकारकर्मी कमला पन्त र अधिवक्ता बसन्त गौतमले मानव अधिकार र मानव बेचविखन सम्बन्धि नयाँ ऐन कानूनका विषयमा सहजीकरण गर्नु गरेका थिए । लैंिगक हिंसा र महिला हिंसाको अन्तर र बर्तमान अवस्था, चुनौती, र हिंसा न्यूनीकरण गर्नका लागि नागरिक समाजको दायीत्वका साथै अधिकारमुखी अबधारणाद्वारा सेवाग्राहीहरुले अधिकारमुखी अवधारणाद्धारा सेवा प्रदान गर्नु र सेवा ग्राहीहरुले सेवा प्राप्त गर्नु पर्ने भन्ने विषयमा ब्यापक छलफल गरिएको थियो ।


तालिमको दोस्रो सत्रमा मानव अधिकारको बुझाई, मानव बेचविखनको वर्तमान अवस्था, चुनौती र समाधानका उपायहरु र कानूनी प्राबधानहरुका बारेमा समुहगत छलफल गराई बिषयबस्तुबारे सहभागीहरुलाई जानकारी गराइएको थियो । अन्तमा मानव बेचविखनका कानूनी नीतिहरुको कार्यान्वयनका बारेमा र सेवा प्रदायक निकायहरु संवेदनशिल हुन आवश्यक छ भन्ने विषयमा वृहत छलफल गरिएको थियो । कार्यक्रममा साथी सस्थाकी सरस्वती पराजुली र कार्यक्रम संयोजक दिपकमान श्रेष्ठले मानव बेचबिखनका घटना रोकथामका लागि साथी संस्था लागि परेको भन्दै सरोकारवाला बिचको आपसी समन्वय र सहकार्यमा जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया