‘वस्तु नियमन गर’

आयात निर्यात गरिने बस्तुहरु गुणस्तरिय र स्वच्छ हुनु पर्ने नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागितहरुले जोड दिएका छन् । खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगन्जको आयोजनामा नेपालगन्जमा आयोजना भएको एसपिएस प्राधानका बिषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले खुल्ला सिमानाका कारण नेपालमा भारतीय क्षेत्रमा गुणस्तरहिन बस्तुहरु आयात भैरहेको यसको प्रभावकारी नियमनमा जोड दिएका थिए । गुणस्तर चेकजाँच नगरि माछा मासु, दुध लगायतका खाद्य समाग्री नेपाल भित्रिएकोमा चिन्ता प्रकट गर्दै कार्यक्रका सहभागीहरुले खाद्य स्वच्छताका सम्बन्धमा भएका ऐन कानूनहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।


कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी प्रमुख वरिष्ठ खाद्य निरिक्षक जोत्सना श्रेष्ठले खाद्य आयात निर्यात नियमन सम्बन्धि सम्बन्धि कानूनी ब्यवस्था र कार्यान्वयन पक्षका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै खाद्य पदार्थको आयात र निर्यातमा स्वच्छता कायम राख्नु पर्नेमा जोड दिएकी थिइन् । खाद्य पदार्थको तोकिएको मापदण्ड पुरा गरेर मात्रै आयात निर्यात गर्न पाउने प्रावधान रहेको बताइन् ।


कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतमले कार्यपत्र माथी टिप्पणी गर्दै गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने आम उपभोक्ताको अधिकार भएकाले यी अधिकारको सुनिश्चितताका लागि सबैले लाग्नु पर्नेमा जोड दिए । गुणस्तरिय बस्तु उपभोगमा उपभोक्ता पनि सचेत हुनु पर्ने भन्दै बिभिन्न बहानामा उपभोक्ता ठग्ने र बेइमानी गर्ने कार्य बन्द हुनु पर्नेमा जोड दिए ।


कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बस्तुको गुणस्तरियतामा सबैले ध्यान पु¥याउनु पर्नेमा जोड दिदै उपभोक्ताको अधिकार संरक्षण हुनु पर्नेमा जोड दिए ।
आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगंजका प्रमुख एकराज बुढाथोकीले नेपाल डब्लुटिओको सदस्य राष्ट्र भएकोले खाद्य पदार्थ लगायतका बस्तुको आयात निर्यात गर्दा खाद्य स्वच्छता तथा जनावर र बिरुवाको स्वास्थ्य रक्षार्थ आवश्यक स्वच्छता र स्वस्थता कायम हुनु पर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका बाँके सचिव प्रभात कुमार ठकुरीले भारतिय क्षेत्र बाट खुल्ला रुपमा दुधको बिक्रि बितरण भैरहेको, निर्देशिका बिपरित नेपालगंजमा एउटै पसलबाट खुल्ला दुध र फेन्सी सामान बिक्रि बितरण हुदा भैरहेको भन्दै मापदण्ड बिपरित संचालित दुग्धजन्य पदाथएको बिक्रि बितरण बन्द गरिनु पर्नेमा जोट दिए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रुद्र सुवेदीले खाद्य स्वच्छताका सम्बन्धमा भएका ऐन कानूनले प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिए । कार्यक्रमम बोल्दै नेपालगंज उद्योग बाणिज्य संघका कावा अध्यक्ष मोहम्मद वाहिद मन्सुुरी चुन्नाले नियम संगत रुपमा दर्ता भएका ब्यवशायीले सरकारले पेल्ने काम भैरहेको भन्दै भन्सार कडाईमा जोड दिए ।

प्रतिक्रिया

प्रतिक्रिया