‘अदालत संविधान र कानून संगै हिड्छ’

वसन्त गौतम

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले अदालत संबिधान र कानूनले जता डोहो¥यायो त्यतै हिड्ने बताएकी छन् । सर्वाेच्च अदालतले सोमबार नेपालगन्जमा आयोजना गरेको न्यायमा पहुँच सम्बन्धि कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी न्यायाधीश प्रधानले पीडितलाई क्षतिपूर्ति सहितको न्याय हुनु पर्नेमा जोड दिएकी थिइन् ।


कानून संगै संरचना नवदलिए सम्म प्रभावकारी न्याय सम्पादनमा समस्या पर्ने भन्दै न्यायाधीश प्रधानले सरकारी नितिसंग अदालतको न्यायिक प्रक्रिया प्रभावित नहुने बताइन् । न्याय क्षेत्रका सरोकारवालालाई सम्बोधन गर्दै न्यायाधीश प्रधानले न्याय भनेको आस्था, बिश्वास र अनुभति भएको बताइन् । न्याय औपचारिक तवरबाट मात्रै नभई अनौपचारिक रुपबाट पनि प्राप्त हुने बताउँदै न्यायाधीश प्रधानले मेलमिलाप न्यायको उत्तम बिकल्प भएको धारणा राखिन् ।
स्थानीय तहका न्यायिक समितिहरुको निष्पक्षता, स्वतन्त्रता र सशक्तिकरणले न्यायमा पहुँच पु¥याउनमा मद्दत पुग्ने भन्दै न्यायाधीश प्रधानले गुणात्मक न्यायको लागि अदालत, सरकारी वकिल, प्रहरी र कानून ब्यवसायी लगायतका सरोकारवाला बिचमा न्यायको सिक्रि मिलाउँदै आपसी समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिइन् ।


आम नागरिकसम्म न्यायको पहुँच पुग्न सकोस भन्ने उद्देश्यका साथ अदालतले बैतनिक वकिलको ब्यवस्था, अपाङता भएका, जेष्ठ नागरिक महिला र बालिबालिकाको मुद्दामा प्राथमिकता, असक्षम पक्षका लागि राज्यको तर्फबाट बैतनिक वकिलको ब्यवस्था, कोटफिमा सहुलियत, सामान्य प्रकृतिका निवेदन लेखनमा सहयोग, अनलाइन तारेखको ब्यवस्था, बिशेष प्रकृतिका मुद्दामा निरन्तर सुनुवाईको ब्यवस्था रहेको न्यायाधीश प्रधानले जानकारी दिइन् ।
नेपालगन्जको सन्दर्भमा सार्वजनिक सरोकारका बिषयहरुमा राम्रो अभ्यास भैरहेको भन्दै न्यायाधीश प्रधानले यसको कार्यान्वयनका लागि संयन्त्रको बिकाश गर्नु पर्नेमा जोड दिइन् । राजनीतिका नाममा दण्डहिनतालाई प्रश्रय दिने कार्य कहि कतैबाट हुन नहुनेमा न्यायाधीश प्रधानले जोड दिएकी थिइन् ।


उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश बिष्णुदेव पौडेलले अन्याय परेमा जाने ठाउँ अदालत भएकाले आमनागरिकमा अदालत प्रतिको बिश्वास र गरिमा बढाउने गरि न्याय सम्पादन गर्नु पर्ने बताए । जिम्मेवारीबाट पन्छिने प्रबृत्ति हटाउदै सबैले आआफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी पुरा गर्न सके न्यायमा पहुँच पुग्ने न्यायाधीश पौडेलको धारणा थियो ।
कार्यक्रममा उच्च अदालत नेपालगंज इजलासमा न्यायाधीश खुसी प्रसाद थारुले स्थानीय तहमा देखिएका समस्या र चुनौतीहरुको बारेमा छलफल गरि न्यायमा सहज पहुँच पु¥याउन सहयोग पुग्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताएका थिए । कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले न्यायमा पहुँचको अवधारणा, बिद्यमान अवस्था, र न्यायमा सहज पहुँचका लागि अदालतबाट अदालतबाट गरिएका प्रयासहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


न्यायको पहुँचको सम्बन्धमा स्थानीय तहमा देखिएका समस्या, चुनौती र समाधानका उपायहरु र सरोकारवाला निकायहरु बिचको समन्वयका बारेमा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश बिष्णु सुवेदीले प्रकाश पारेका थिए ।


कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापा मगर, नेपाल बार एशोसिएसनका वरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, उच्च अदालत बार एशोसिएसनका अध्यक्ष बिकाश आचार्य लगायतका वक्ताले न्यायमा सहज पहुँचका लागि सरोकारवाला निकाय बिचको आपसी समन्वय र सहकार्यमा जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया