सोमबार बाँकेको ढकेरीमा यात्रुवाहक लु १ ख ५९९१ बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालयका प्रमुख, डिएसपी रमेश बहादुर सिंहले दुर्घटनाका सबै घाइतेको उद्दार गरिएको र अवस्था खतरामुक्त रहेको जानकारी दिएका छन् । घाइतेहरुका अस्पतालमा उपचार भैरहेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीमा रोकिराखेको ट्याक्टरमा बुटवलबाट आउँदै गरेको बस ठोक्किदा दुर्घटना भएको हो ।