कोहलपुर नगरपालिका वडा स्तरसम्म सुरु हुँदै उपभोक्ता शिक्षा

कोहलपुर नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले आम उपभोक्तालाई जागरुक बनाउने उद्देश्यले वडा स्तरसम्म उपभोक्ता शिक्षाको कार्यक्रम गर्ने निर्णय गरेको छ । उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्तालाई जागरुक बनाई आफ्नो अधिकार प्रति सचेत बनाउने उदेश्यले कोहलपुर नगरपालिकाले १ देखि १५ नं वडामा उपभोक्ता शिक्षाका कार्यक्रम संचालन गर्ने, उपभोक्ता हित संरक्षण ऐन २०७५ बारे जानकारी गराउन बृहत कार्यक्रम गर्ने निर्णय गरेको जनाएको छ ।

 
यसैगरी समितिको बैठकले दुध तथा दुग्धजन्य पदार्थ र मासुको गुणस्तरबारे बजार अनुगमनको कार्यलाई निरन्तरता दिने निर्णय गरेको समितिकी संयोजक एवं कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले जानकारी दिइन् ।
आम उपभोक्तासम्म उपभोक्ताका अधिकारका बारे सुचना सम्प्रेषण गर्न र उपभोक्तालाई सचेतीकरण बढाउनमा संचार माध्यामको महत्वपूर्ण भूमिका हुने भएकाले संचारकर्मीका लागि एक दिने उपभोक्ता शिक्षा अभिमूखिकरण कार्यक्रम गर्ने निर्णय उपभोक्ता हित संरक्षण समितिले गरेको समितिका सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

 
उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीको अध्यक्षतामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकमा समितिका सदस्यहरु अधिवक्ता वसन्त गौतम, सीता कार्की, डिल बहादुर परियार, धन बहादुर खत्रीका साथै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाको उपस्थिति रहेको थियो ।

 
गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार भएकोले यी अधिकारको सुनिश्चितताका लागि आम उपभोक्ता सचेत हुनु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य एवं समितिका सदस्य अधिवक्ता बसन्त गौतमले जानकारी दिए । ‘बस्तु तथा सेवा खरिद गर्दा त्यसको गुणस्तर, प्रयोग गर्ने म्याद, लेवल लगायतका न्यूनतम कुराहरुमा उपभोक्ता सचेत हुनु पर्छ,’ गौतमले भने ।

प्रतिक्रिया

प्रतिक्रिया