यस्तो बन्दैछ त्रिभुवन चोकमा स्तम्भ

सोमबार राती एकाएक त्रिभुवन चोकमा रहेको स्तम्भ भत्काउन सुरु गरियो । तर, स्थानीयबासीले किन, कसले, कुन उद्देश्यले चोक भत्काइरहेको छ भन्ने जानकारी पाएका थिएनन् । डोजर आयो चोकको संरचना भत्काउन सुरु भयो । चोक डोजर चल्न सुरु भए लगत्तै स्थानीयबासी चोक वरिपारि पुग्न सुरु गरे । सामाजिक सञ्चालमा तस्विर पोष्ट गर्दै ऐतिहासिक धरोहर मेटाउन खोजेको भन्दै चर्को आचोलना गरियो ।

 
चोकमा राखिएको त्रिभुवनको शालिक २०६२/०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएपछि त्यसको ठाउँमा राष्ट्रिय झण्डा प्रयोग हुँदै आएको थियो । सदरलाइनको बाटो फराकिलो राम्रो बनाइएपछि चोकपनि आकर्षण बनाउनका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले पुरानो संरचना हटाएको हो । तर, त्यसको पूर्व जानकारी स्थानीयबासिन्दामा नहुँदा सोमबार र मंगलबार उपमहानगरपालिका र संघले आलोचना खेप्नु पर्यो ।

 
नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा १० लाख बढी लागतमा आकर्षक चोक बनाउन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिएका छन् । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका बैठकले संघलाई अनुमति दिएको छ । उपमहानगरपालिकाले गत मंसिर २३ गते संघलाई कारकाँदोमा घण्टाघर राख्न र त्रिभुवन चोकमा निर्माणका लागि अनुमति दिएको थियो ।

 
‘हामीले चोकको पहिचान फेर्न खोजेका होइनौं, त्यो हाम्रो कार्य क्षेत्र पनि होइन’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष वैश्यले भने, ‘नयाँ संरचना निर्माण गरी चोकलाई आकर्षक बनाउन मात्र खोजिएको हो ।’ चोकमा नयाँ संरचना बन्ने भएपछि त्रिभुवनको शालिक स्थापित गरिनु पर्ने माग समेत उठेको छ । उपहानगरपालिका कार्यपालिकाको निर्णयमा पनि चोक निर्माण गर्दा स्तम्भका लागि ठाउँ छाड्न निर्देश गरेको छ । ‘चोक राम्रो बनाउन खोजेका हौं, स्तम्भका लागि छाडिएको ठाउँमा के राख्ने भन्ने विषय स्थानीय तहको हो’, अध्यक्ष वैश्यले भने ।

 

 
अध्यक्ष वैश्यले नेपालगन्जलाई आकर्षक बनाउन संघको अग्रसरतामा त्रिभुवन चोक र कारकाँदोमा संरचना निर्माण गर्न अग्रसरता देखाएको बताए । ‘नेपालगन्जको नाक त्रिभुवन चोक हो’, उनले भने, ‘कसैलाई खुशी पार्ने वा आक्रोशमा ल्याउने उद्देश्य संघको होइन ।’ वैश्यले सहर सुन्दरीकरणको उद्देश्य निर्माण गर्न लागिएको स्तम्भमा सघाउन आव्हान समेत गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया