आज देशभर बारका मतदान

वसन्त गौतम

नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यसमितिको निर्वाचन आज शनिबार देशभर भैरहेको छ । नयाँ कार्यकालका लागि हुने निर्वाचन बिहान ८ बजे देखि अपरान्ह ४ बजेसम्म हुनेछ । कुल १०३१३ मतदाता रहेको बार एशोसिएसनको निर्वाचनमा १८७ जनाको दोहोरो नामावली भएकाले केन्द्रले त्यसको छानविन गरिरहेको नेपालगंज मतदान केन्द्रका मतदान अधिकृत बिकास आचार्यले जानकारी दिए ।

 
नेपालगन्ज मतदान केन्द्रमा जम्मा ३११ कानून ब्यवशायी मतदाता रहेका छन् । नेपालगन्ज उच्च बारमा २७० र बाँके जिल्ला बारमा ३५ र अन्यन्तबाट सरुवा भएर आएका ६ जना मतदाता रहेको मतदान अधिकृत आचार्यले बताए । निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सबैको सहयोगको अपेक्षा राखेको आचार्यले बताए ।

 
पछिल्लो समय बारले प्रभावकारी भुमिका खेल्न नसकेको र दलिय प्रभावमा परेको आरोप लागीरहेको सन्दर्भमा अवको बारको नेतृत्व निष्पक्ष, निडर र ब्यवसायिक हुनु पर्नेमा नेपालगन्जका कानून ब्यवसायीहरुले जोड दिएका छन् । नेपाल बार एशोसिएसनको आगामी चैत्र १६ गते हुने निर्वाचनलाई आफ्नो पक्षमा पार्न प्रगतिशिल, पेशागत तथा समावेसी समुह र बृहत लोकतान्त्रिक, समावेसी तथा पेशागत कानून ब्यवसायी समुह जोडतोडले लागेका छन् । निर्वाचनको अन्तिम समयमा फोन र एसेमेज र म्यासेन्जरमा मत माग्नेको होडवाजी नै चलेको छ ।

 
अवको बारको नेतृत्व सत्तापक्ष वा प्रतिपक्षको पिछलग्गु नवनी वाच डचको रुपमा प्रभावकारी भुमिका निर्भाह गर्नु पर्नेमा कानून ब्यवशायीले बताएका छन् । बार एशोसिएसनले कानून ब्यवसायीको हक हितका साथै मानवअधिकार, कानूनी शासन र स्वतन्त्र न्यायपालिकाको पक्षमा काम गर्नु पर्नेमा कानून ब्यवसायीको जोड छ । प्रगतिशिल, पेशागत तथा समावेसी समुहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र बृहत लोकतान्त्रिक समावेसी तथा पेशागत समुहबाट सुनिल कुमार पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।

 
प्रगतिशिल, पेशागत तथा समावेसी समुहबाट उपाध्यक्षमा क्रमस प्रदेश नं १ बाट मान बहादुर रुम्दाली (राई), २ बाट रामचन्द्र सिंह, ३ बाट इश्वरी प्रसाद भट्टराई, ४ बाट सुरेन्द्र थापा मगर, ५ बाट लिलाधर मरासिनी, ६ नं बाट मिन बहादुर महत, ७ नं प्रदेशबाट उमेश प्रसाद बिष्ट र महिला उपाध्यक्षमा रक्षा बश्यालले उम्मेदवारी दिएका छन् । सो समुहबाट महासचिवमा सुरेन्द्र बहादुर थापा, कोषाध्यक्षमा रुद्र प्रसाद पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।

 
यसैगरी, सदस्यहरुमा दलित सदस्यमा मोहन सांशकर, मधेसी सदस्यमा पंचनारायण मण्डल, मधेसी खुल्ला बिरेन्द्र कुमार ठाकुर, आदीवासी जनजाती समुह सदस्यमा बिना कुमारी सिंह (चौधरी), र बद्रीनारायण बयरकोटी, उपत्यका बाहिरको महिला सदस्यमा कल्पना कुमारी भण्डारी, महिला सदस्यमा अन्जु कायस्त, उपत्यका बाहिरको सदस्यमा डा शिवराज पण्डित, खुल्ला सदस्यहरुमा गंगा सागर खत्री, भिमसेन बन्जारा, भुवन प्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे, खिमानन्द अधिकार रहेका छन् ।
सो समुहले संघिय लोकतान्त्रिक गणतन्त्रको सस्थागत बिकाश ः हाम्रो सरोकार, स्वतन्त्र सक्षम, निश्पक्ष र भ्रष्टाचारमुक्त न्यायपालिकाको लागि ः ब्यवसायिक बार भन्ने मुख्य चुनावी नारा अगाडी सारेको छ ।

 
यसै गरि सुनिल कुमार पोखरेलको नेतृत्वमा उम्मेदवारी दिएको बृहत लोकतान्त्रिक समावेसी तथा पेशागत कानून ब्यवसायी समुहको उपाध्यक्षमा क्रमस प्रदेश नं १ बाट डिल्ली बहादुर कार्की, २ बाट सुधिर कुमार कर्ण, ३ बाट राजेश्वर अधिकारी, ४ बाट निरन्जन राजभण्डारी, ५ बाट सुनिल कुमार श्रेष्ठ, ६ बाट उत्तम प्रसाद आचार्य र ७ बाट ठेकेन्दराज जोशीले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा कविता थापा (कार्की) उम्मेदवारी दिएकी छन् । सो समुहबाट महासचिवमा लिलामणि पौडेल र कोषाध्यक्षमा तेज बहादुर रावलले उम्मेदवारी दिएका छन् ।

 
सदस्यहरुमा रुपनारायण बिश्वकर्मा, शेषमन यादव, मनोज कुमार चौधरी, अमृत कुमार लामा, कैलास गुरुङ, शिवानी जोशी(भण्डारी) सोनी रघुवंश (श्रेष्ठ), गोबिन्द्र प्रसाद सिग्देल, रमेश कुमार ढकाल, कृष्ण घिमिरे (भुषण), शिव प्रसाद रेग्मी, खेमराज न्यौपाने, गोपीशर्मा सुवेदी र टेक प्रसाद सुवेदी चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया