नेपालगन्ज प्रादेशिक महोत्सव, अधिकांस स्टल ‘बुक’

नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्ने प्रादेशिक महोत्सवका लागि अधिकांस स्टल बुक भैसकेका छन् । संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका स्टल बुकिङ्ग व्यवस्थापन उपसमितिका संयोजक अब्दुल वाहिद मन्सुरीले आइतबारसम्म २ सय ६० स्टल बुक भएको जानकारी दिएका छन् ।

 
महोत्सवमा ३ सय स्टल राखिनेछ । ‘स्टलका लागि माग आइरहेको छ’, वरिष्ठ उपाध्यक्ष मन्सुरीले भने, ‘१÷२ दिनमा सबै स्टल बुक भैसक्नेछन् ।’ उनले स्टलका लागि पहिलो प्राथमिकता बाँकेका स्थानीय उत्पादनलाई दिएको जानकारी दिएका छन् । ‘पहिले स्थानीय अनि प्रदेश र संघका उत्पादनलाई प्राथमिकता दिइएको छ’, उनले भने । बाँकेमा उद्योग स्थापनाको क्रम बढ्दै गएकाले महोत्सवमा स्थानीय उत्पादन प्रवद्र्धनलाई पहिलो महत्वमा राखेको मन्सुरीले बताए । महोत्सवमा विभिन्न उत्पादकहरुका उत्पादन, कपडा, घरेलु, हस्तकलाका सामान, अटोमोबाइल्स, जडिबुटी, कृषि, इलेक्ट्रोनिक्स, होटल लगायतका स्टल रहने आयोजक संघले जानकारी दिएको छ ।

 

महोत्सवमा मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति समेत राखिने आयोजकले जानकारी दिएका छन् । महोत्सव आयोजना स्थल सडक डिभिजन परिसर, कारकाँदोमा स्टल तथा स्टेज निर्माण कार्य सुरु भैसकेको आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिएका छन् । ‘आयोजना स्थलमा तिव्र गतिमा काम अगाडि बढाएका छौं’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया