कानूनी बिवादमा परेका बालबालिका अध्ययनबाट बञ्चित, माटो मिसिएको पानी खान बाध्य
कानूनको बिवादमा परेका बालबालिकालाई सुधार्नका लाख्ने बाँकेको डुडुवा गाउँपालिका स्थित आशमानपुरमा रहेको बालसुधार गृहमा विद्यालय नहुँदा उनीहरु शिक्षाको अधिकारबाट बन्चित हुनु परेको छ । बालसुधार गृहमा शिक्षा, स्वास्थ्य लगायतका आधारभुत अधिकारको ब्यवस्था हुनु पर्नेमा सञ्चालनमा आएको ६ महिनासम्म पनि कानूनी विवादमा आएका वालबालिकाहरुको लागि अध्ययनको ब्यवस्था हुन सकेको छैन । नियम अनुसार बालसुधार गृहमा १० कक्षासम्मको अध्ययनको लागि विद्यालयको ब्यवस्था हुनु पर्दछ । तर, बाँकेमा रहेको बालसुधार गृहमा ठुलो संख्यामा बालकहरु रहेको भए पनि उनीहरु शिक्षाको अधिकारबाट बञ्चित हुन परेको छ । बालसुधार गृहको परिसर भित्र विद्यालयको भवन बन्दै गरेको भए पनि अहिलेसम्म पढाईको ब्यवस्थापन मिलाइएको छैन । बिद्यालयको भवन निर्माण कार्य पनि सुस्त गतिमा भैराखेको छ ।
बालसुधार गृहमा स्वच्छ खानेपानीको ब्यवस्था नहुँदा बालकहरु माटो मिसिएको पानी खान बाध्य छन् । नजिकमा स्वास्थ्य केन्द्र नहुँदा र कार्यालयको आफ्नै गाडी नहुँदा त्यहाँ रहेका बालकहरुको स्वास्थ्य उपचारमा समस्या छ । कम भोल्टेजकोे बिजुली आउने गर्नाले त्यसको प्रत्यक्ष असर बालबालिकाहरुले भोग्नु परेको छ ।
१८ बर्ष भन्दा कम उमेरका बालबालिकाले कुनै अपराध गरेमा ठुला अभियुक्त संगै कारागारमा नराखी बालसुधार गृहमा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने कानूनी ब्यवस्था रहेको छ । गत भदौ ३ गतेबाट सञ्चालनमा आएको बालसुधार गृहमा ५७ जना कानूनी बिवादमा परेका बालकहरु रहेका छन् ।
बालसुधार गृहमा रहेका बालबालिकाहरुले आधारभुत बालअधिकार उपभोग गर्न पाए नपाएको र बालन्यायको मापदण्ड अनुसार बालसुधार गृह सञ्चालनमा भए नभएको बारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोग नेपालगंज कार्यालयकी मानव अधिकार अधिकृत द्वारिका अधिकारी र अधिकारकर्मी अधिवक्ता वसन्त गौतमको टोली बालसुधार गृहमा पुगेको थियो । अनुगमनका लागि सुधार गृह पुगेको राष्ट्रिय मानव अधिकार आयोग र अधिकारकर्र्मीको टोली समक्ष बालसुधार गृहमा रहेका बालकहरुले सुधार गृहमा बिद्यालय नहुँदा पढ्न नपाएको बताए । ‘प्लस टु पढ्ने बिद्यार्थीलाई परिक्षा दिने ब्यवस्था मिलाई पनि हाम्रो लागि पढ्ने कुनै ब्यवस्था छैन, पढ्ने लेख्ने उमेरमा त्यसै समय बिताउनु परेको गुनासो सुधार केन्द्रका बालकहरुले गरेको अनुगमन संलग्न अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
अनुगमन टोली समक्ष सुधार गृहमा रहेका बालकहरुले सुधार गृहमा शिक्षा, स्वास्थ्यको सुबिधा नभएको, प्रयाप्त खेलकुद सामाग्री नभएको गुनासो गरेकका थिए । अनुगमन टोली समक्ष सुधार केन्द्रमा रहेका बालकहरुले मुद्दाको सुनुवाईमा ढिलाई भएको, सुधार गृहमा धेरै बालक भएकाले पालो पर्खेर मैदानमा खेल्न पाईने परेको, सुधार केन्द्रमा पर्याप्त खेलकुद सामाग्रीको ब्यवस्था गुनासो गरेको गौतमले बताए । सुधार केन्द्र पत्रपत्रिका र अध्ययन सामाग्री नहुँदा त्यसै बसेर समय कटाउनु परेको बालकहरुले गुनासो गरेका थिए ।
बालसुधार गृहमा खानेपानी बिजुलीवत्ति, शिक्षा, स्वास्थ्य र संचारको समेत समस्या रहेको बालसुधार गृहका सामाजिक कार्यकर्ता अनय प्याकु¥यालले जानकारी दिए । खानेपानीको बैकल्पिक ब्यवस्था नहुँदा बालुवा मिसिएको पानी खान बाध्य भएको प्याकु¥यालले बताए । कार्यालयको आफ्नो सवारी साधन छैन, लो भोल्टेजको बिजुली आउँदा समस्या हुने गरेको उनले बताए । अदालतबाट निशुल्क स्वास्थ्य उपचारको ब्यवस्था मिलाउन आदेश भए पनि श्रोत साधनको कमीले समस्या परेको भन्दै सामाजिक कार्यकर्ता प्याकु¥यालले यस बिषयमा आवाज उठाई दिन अधिकारकर्मीको टोलीलाई अनुरोध गरेका थिए ।