बिमाङ्क रकम हस्तान्तरण

नेपालगन्ज, माघ २५

राप्ती सोनारी कि बधिया थारुले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बिमाङ्क रकम प्राप्त गरेकी छन्

उनको श्रीमानले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपालगन्ज शाखाबाट वर्ष अगाडी लाखको बिमा गरेका थिए जसमा ६४ हजार मात्रै प्रिमियम बुझाएका थिए

तर उनको श्रीमान देवराज थारुको केही महिना अगाडी पावर टेलर चलाउने क्रममा ज्यान गएको थियो

इन्स्योरेन्स कम्पनीको नेपालगन्ज शाखाले आज उनको लाख ३५ हजार सय रुपिया बिमाङ्क रकमको चेक हस्तान्तरण गरेको कम्पनीकी शाखा प्रबन्धक दिपा बिनाडीले जानकारी दिएकी छन्

रकम हस्तान्तरण गर्ने क्रममा उनका छोरा सुरेश चौधरीको समेत उपस्थीति रहेको थियो

मृतककी श्रीमति बधियाले सुर्या लाईफ इन्स्योरेन्सलाई धन्यवाद दिनुका साथै बिमा प्रति थप विश्वास पलाएको बताउँदै लाख ५० हजारको बिमा समेत सुर्या लाईफ इन्स्योरेन्समा गराएकी थिइन्

प्र्रक्रियागत रुपमा कहिले काँही ढिला हुने भए पनि बिमाङ्क रकम दिलाउनका लागी आफुहरु सदैव लाग्ने गरेको प्रबन्धक बिनाडीले दैनिक नेपाालगन्जलाई बताईन्

पछिल्लो समयमा सर्वसाधरणहरुमा बिमा गर्दा जीवनका असजिलो परिस्थीतिमा सहज हुनुका साथै रकम बचतमा समेत सजिलो हुने कुराको बुझाई बढ्दै गएको भए पनि पुर्णत विश्वस्त हुन नसकेको विज्ञहरुले बताउने गर्दछ यद्यपी बिमा गर्दाका फाईदाहरु यस प्रकार रहेका पाइन्छः

बीमाका फाइदाहरू

. जोखिम न्यूनीकरण हुन्छ

जीवन बीमा मानिसको जीवनमा हुने जोखिम विरुद्ध गरिन्छ जीवनमा जुनसुकै बेला जे पनि हुन सक्छ बीमा गर्दा बीमकलाई जोखिम हस्तान्तरण हुने हुँदा विपत्तिपछिको आर्थिक नोक्सानको भरपाई हुन्छ

. भविष्यको आर्थिक सुरक्षा

जीवन बीमा आफैमा एक लामो करार हो कुनै निश्चित समय निर्धारण गरी बीमित पक्षले त्यो अवधिसम्म किस्ता तिर्दछ अन्त्यमा बोनससहित भुक्तानी पाउँछ, जसले गर्दा भविष्य सुनिश्चित हुन्छ

 . बचतको बानी बस्छ

लाखौंको कमाइले जिन्दगीमा त्यति महत्त्व राख्दैन, जति सानो बचतले राख्दछ बीमा गर्दा सर्वप्रथम बचत हुन्छ वास्तवमा बचत नै समृद्धिको धुरीखाँबो हो अन्य बचत योजनामा जुनसुकै बेला पैसा झिक्न मिल्छ बीमामा पनि यो सुविधा भए पनि त्यति सजिलै झिकिँदैन त्यसैले बीमा गर्दा अनिवार्य बचत गर्ने बानी बस्छ

. बीमितको मृत्युपछि पनि उसको परिवारमा आर्थिक संकट पर्दैन

हाम्रो जस्तो मुलुकमा यसको महत्त्व अझै बढी देखिन्छ कतिपय परिवारको आयस्रोतको बाटो भनेकै एउटा व्यक्ति मात्र हुन्छ कुनै कारणले निजको मृत्यु भयो भने उसको घरपरिवार संकटमा पर्ने अवस्था हुन्छ तर उसले जीवन बीमा गरेको भने उसको मृत्युपछि पनि उसको परिवारले बीमालेख अनुसारको रकम प्राप्त गर्दछ यसले गर्दा परिवारलाई ठूलो आर्थिक सहायता मिल्छ बीमा कम्पनीबाट प्राप्त रकमले परिवार आफ्नो जीविका चलाउन सक्छ

. सम्पत्ति धितो विना ऋण पाइने

जीवन बीमा गर्दा बीमितले अन्य कुनै सम्पत्ति नभई बीमा पोलिसी नै धितो राखी ऋण प्राप्त गर्न सक्छन् बीमा प्रारम्भ भएको वर्षपछि बीमकले आफूले तिरेको बीमाको ९० प्रतिशतसम्म ऋण लिन सक्छ, जसले अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिन्छ ऋण लिई बीमितले कुनै व्यवसाय शुरू गरी लाभ लिन सक्छ

. बुढेसकाल तथा शारीरिक अशक्त हुँदाको साथी

निश्चित अवधिसम्म बीमा प्रिमियम तिरेर त्यसपछि निश्चित समयसम्म पेन्सन सरह आम्दानी लिन सक्ने योजना पनि छन् यस्तो बीमा गरेमा बुढेसकाल अप्ठ्यारो परिस्थितिमा पनि आर्थिक अभाव पर्दैन

. आयकरमा छूट

बीमा गर्दा तिरेको बीमाशुल्कमा आफ्नो कुल आयबाट घटाएर बाँकी रकममा मात्र आय कर लाग्छ २० हजारसम्मको आयमा आयकर छूट प्राप्त हुने हुँदा बीमितले त्यहाँबाट पनि लाभ लिन सक्छन्

. स्वास्थ्यको सुरक्षा

हालको परिवेशमा विश्वभर कुनै पनि देशका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुगेको देखिन्न जिन्दगीभरको कमाइ कुनै एक रोगको कारणले रित्तिएर सडकमा आउनुपर्ने कतिपयले उपचार खर्चको अभावमा ज्यानै गुमाउनुपरेको नेपालको संविधानमा स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा उल्लेख गरिए पनि स्वास्थ्य उपचारको अभावमा वर्षेनि धेरै जनाले ज्यान गुमाइरहेका छन् स्वास्थ्य बीमाले त्यस्ता घटना रोगको उपचारमा मद्दत गर्छ यसरी उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन पनि बीमाको महत्त्व

 

(बिमाका फाईदाहरुका बारेमा विभिन्न सन्दर्भ सामाग्रीबाट संकलन गरि तयार गरिएको हो )

 

प्रतिक्रिया

प्रतिक्रिया