खजुराको क्यान्सर अस्पताल संघीय सरकारमै

सरकारले बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र मातहत राख्ने निर्णय गरेको छ । मन्त्री परिषद् बैठकले तनहुँको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्र र खजुराको क्यान्सर अस्पताललाई केन्द्र मातहत राख्ने निर्णय गरेको हो ।

 

यसअघि सरकारले ११ मध्ये दुई अस्पतालको स्वामित्व नलिएको भन्दै नेपाली काँग्रेस आन्दोलनरत् थियो । काँग्रेसले आफ्ना नेताको नाममा दुई अस्पताबारे निर्णय नगरेर खारेजी प्रक्रियामा लगेको भन्दै देशव्यापी आन्दोलनका विभिन्न कार्यक्रमहरु गरेको थियो ।

 
सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सञ्चारमाध्यमलाई तनहुँको स्वासप्रश्वास केन्द्र र खजुराको क्यान्सर अस्पताल संघ अन्तर्गत राख्ने निर्णय मन्त्री परिषद् गरेको जानकारी गराएका छन् । मन्त्रिपरिषदको निर्णयबारे संसदलाई माघ १७ गते जानकारी गराउने सरकारको तयारी छ ।

प्रतिक्रिया

प्रतिक्रिया