बाल विवाह दण्डनीय भएपछि त्यसबाट बच्न बालबालिकाको उमेर बढाएर जन्म गराउने गरिएको खुलेको छ । कानूनी सजायबाट बच्न कम उमेरका बालबालिकाको उमेर बढाएर जन्म दर्ता गराउने गरेको डुडुवाका इस्लाम धर्म गुरुहरुले खुलासा गरेका छन् । मंगलबार डुडुवा गाउँपालिकामा भएको बाल विवाह रोकथाममा धर्मगुरुको भूमिका विषयक अन्तरक्रियामा धर्म गुरुहरुले अभिभावकहरुले सन्तानको छिटो विवाह गरिदिन जन्मदर्तामा उमेर बढाउने गरेको बताएका हुन् । भदौं १ गतेदेखि फौजदारी मुलुक ऐनले विवाह गर्ने उमेर २० बर्ष तोकेपछि ५ देखि १० बर्ष उमेर बढाएर जन्मदर्ता गर्ने प्रचलन बढेको धर्म गुरुहरुले बताएका थिए ।
कार्यक्रममा इस्लाम धर्ममा ९ देखि १२ बर्षसम्मका महिला र १२ देखि १५ बर्षसम्मका बालिका मान्ने र आफ्ना छोरीलाई गलत सम्बन्धमा बचाउन बालबिवाह गर्ने प्रवृत्ति रहेको इस्लाम धर्मका धर्मगुरुहरुले बताएका छन् । बालबिवाह रोक्न चेतनाको बिस्तार गर्ने, गरिवी र २० बर्ष पुगे पछि बिवाह गर्ने बिपन्न समुदायका मानवलाई प्रोत्साहन भत्ता उपलब्ध गराए बाल बिवाह रोक्न मद्दत पुग्ने इस्लाम धर्मका गुरु सफी खाँले बताए ।
त्यस्तै, रामकरण मिश्र, शेर बहादुर ऐरी लगायतका हिन्छु धर्मका गुरुहरुले हिन्दु धर्ममा २५ बर्ष पछि गृहास्थ आश्रमको ब्यवस्था गरेको उल्लेख गर्दै उमेरको यकिन गरेर मात्रै बिवाह गराउने र बालबिवाह नगर्न सबैले सल्लाह दिने प्रतिवद्धता ब्यक्त गरेको स्याक नेपालकी कार्यक्रम सुपरभाईजर आकृती यादवले जानकारी दिइन् । कोहलपुर क्षेत्रका क्षेत्रका बिभिन्न धर्मका धार्मिक गुरुहरुले पनि बालबिवाह रोक्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
प्लान नेपालको सहयोगमा स्याक नेपाल र कोहलपुर नगरपालिकाको आयोजनामा भएको बाल्दै धार्मिक गरुहरुले बालबिवाह नगराउने प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा हिन्दु धर्मका धर्म गुरुहरु षडानन्द गौतम शर्मा, हरिहर बास्तोला, बद्रीनाथ रेग्मी, लोकमणी शर्मा, दयानिधि पोखरेल कृष्ण प्रसद रिजाल र पभानन्द अधिकारीले आफुहरुले बाल बिवाह नगराउने र आफुहरुले आफ्ना जजमानलाई समेत बालबिवाह नगराउन सल्लाह दिने बताए ।
मुस्लिम धर्मका गुरु अब्दुल अजिज साईले बाल बिवाह रोक्न अभियान चलाउने बताए । सुक्रवारको नवाज पढ्ने बेला बालबिवाह कानूनी अपराध भएकाले सबैलाई बाल बिवाह नगर्न सल्लाह दिइने बताए । क्रिश्चियन धर्मका पाष्टर हरिहर चौधरीले २० बर्ष कटेको छैन भने चर्चमा बिवाहको कुरा नहुने बताए । अझै पनि पहाडी जिल्लाका चर्चहरुमा १७÷१८ बर्षको उमेरकाले बिवाह गर्ने परिपाटी रहेको भन्दै बालबिवाह रोक्न लागि पर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कोहलपुर नगरपालिका सामाजिक समितिकी संयोजक नारायणी वलीले बालबिवाह रोक्न धर्म गुरुहरुको भुमिका महत्वपूर्ण हुने भन्दै बालबालिकाले आफै भागी बिवाह गर्ने कार्य रोक्न सबैले लाग्नु पर्ने बताइन् । बालबिवाहका कारण लैगिक हिंसा, सम्बन्ध बिच्छेद, प्रजनन स्वास्थ्यमा समेत असर पार्ने भएकाले बालबिवाह रोक्न सबैले समन्वयकारी भुमिका खेल्नु पर्नेमा जोड दिइन् ।
कोहलपुर नगरपालिका वडा नं १२ का वडा अध्यक्ष कृष्ण खड्काले बालबिवाह बिरुद्धको अभियानमा सबै लाग्नु पर्नेमा जोड दिए । स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले स्याक नेपालले बालबिवाह रोक्न बिभिन्न अभियानहरु संचालन गर्दै आएको जानकारी दिदै बालबिवाह रोकथाममा धार्मिक गुरुहरुको महत्वपूर्ण भूमिका हुने भएकाले छलफल कार्यक्रमको आयोजना गरिएको बताए ।
बालबिवाह रोक्ने प्रतिवद्धता
डुडुवा गाउँपालिकाका धार्मिक गुरुहरुले बालबिवाह रोक्ने प्रतिवद्धता जनाएका छन् ।
प्लान नेपालको सहयोगमा स्याक नेपाल र डुडुवा गाउँपालिकाको सहयोगमा बाल बिवाह रोक्न धार्मिक गुरुहरु र सामाजिक अगुवाहरुको भुमिका विषयक छलफल कार्यक्रममा बोल्दै धर्म गुरुहरुले बाल बिवाह रोक्न प्रचार प्रसार गर्ने, धार्मिक स्थलमा प्रचार प्रशार गर्ने, बिवाह गराउदा उमेर पुगेको प्रमाण हेरेर मात्र बिवाह गराउने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा इस्लाम र हिन्दु धर्मका गुरुहरु, मन्दिर इस्लाम बिद्यालयमा शिक्षक लगायत सामाजिक अगुवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा अधिवक्ता बसन्त गौतमले बालविवाह सम्बन्धि कानूनी ब्यवस्था र रोकाथाममा धर्म गुरुहरुको भुमिकाका बिषयमा सहजिकरण गरेका थिए । सहजिकरणका क्रममा अधिवक्ता गौतमले बालबिवाह कानूनी अपराध भएकाले बाल बिवाह गर्ने, गराउने उपर कानूनी कारवाही हुने बताए । बालबिवाह सम्बन्धि कानूनी ब्यवस्था बारे प्रकाश पार्दै गौतमले २० बर्ष नपुगी कसैले बिवाह गर्न गराउन नहुने र यदि कानूनको बर्खिलाप बालबिवाह गरे, गराए ३ बर्षसम्म कैद र ३० हजारसम्मको जरिवाना हुन सक्ने कानूनी ब्यवस्था रहेको जानकारी गराएका थिए ।
हिंशा विरुद्धमा पहल थालिने
बैजनाथ ४ गैैरी नगरका स्थानिय बासिन्दाले लैंगिक हिंशा बिरुद्धमा सामुहिक पहल थाल्ने बताएका छन् । महिला कानून र बिकाश मञ्चले बैजनाथ गाउँपकालिका वडा नं ४ गैरीनगरमा आयोजना गरेको सामुदायिक सम्बाद कार्यक्रममा बोल्दै सरोकारवालाले बिभिन्न बहानामा लैंगिक हिंसा बिरुद्धमा सामुहिक पहल थाल्ने प्रतिवद्धता जनाएका हुन् ।
राजनैतिक दलका कार्यकर्ता, समाजसेवी, युवाक्लव, आमा समुह, प्रहरी, स्थानिय बासिन्दा लगायतका सरोकारवाला बिच गरिएको लैंगिक हिंसाको अवस्था, चुनौती र समाधानका उपायहरु बिषयक सामुदायिक सम्बाद कार्यक्रममा आपसी समन्वय र सहकार्यका साथ लैंगिक हिंशा बिरुद्धको अभियानमा लाग्ने निर्णय भएकोे महिला नेतृ मिरा कार्कीले बताइन् ।
गाउँमा अझै पनि बिभन्न बहानामा महिला उपर हिंसा भैरहेको उल्लेख गर्दै हिंसा सहने प्रवृत्तिले लैगिक हिंसाका घटनाले निरन्तरता पाइरहेको महिलाहरुले बताएका थिए । आफ्नो सुनुवाई हुन्छ र न्याय पाईन्छ भन्ने सुनिश्चितता नभएका कारण पीडित भएर पनि हिंसाको बिरुद्धमा महिलाहरु कहि कतै उजुर बाजुर प्रवृत्ति रहेको कार्यक्रमका सहभागी महिलाहरुले बताएका थिए । ‘उजुर गरेर केही सुनुवाई हँुदैन, उजुरी गरेका झन पीडित बन्नु पर्छ भन्ने भयले धेरै हिंसाका घटना उजुर नहुने गरेको’ सहभागी महिलाहरुले सुनाएका थिए । बानियभार प्रहरी बिटमा कार्यरत प्रहरी हवलल्दार हरि बहादुर बिकले लैीगक हिंसाका घटना भएको सुचना पाएमा प्रहरीले पीडितलाई सघाउने बताए । लैंगिक हिंसाको उजुरी सुनुवाईका लागि प्रहरीमा महिला तथा बालबालिका सेवा केन्द्र र महिला सेल जस्ता संयन्त्र रहेको भन्दै हिंसा नसही प्रहरीमा खबर गर्न आग्रह गरे ।
सम्वाद कार्यक्रममा अधिवक्ता वसन्त गौतमले लैंगिक हिंसा कानूनी अपराध भएकोले हिंशा गरेमा कानूनी कारवाही हुने कुराको प्रचार प्रचार हुन जरुरी रहेको बताए । हिंसा सहने प्रवृत्तिले हिंसालाई बढावा दिने भन्दै गौतमले हिंसा अन्त्यको लागि सबै समन्वयात्मक तरिकाले लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा महिला कानून र बिकास मञ्चकी कार्यक्रम संयोजक बिनु लामाले कुनै पनि कारणले समुदायमा हुने द्वन्द्व समाधानमा सघाउ पु¥याउने उद्देश्यले समुदाय स्तरमा सामुदायिक सम्बादका कार्यक्रम गरिएको बताइन् । गाउँमा कुनै बिषयमा बिवाद वा मनमुटाव आए सम्बादका माध्यामका सुझाउने पहल गरिने प्रतिवद्धता समेत कार्यक्रमका सहभागीहरुले जनाएका थिए ।
समुदाय स्तरमा हुने बिवादलाइ सम्बादको माध्यामबाट समाधानको पहल थाल्ने, सामाजिक सद्भाव कायम राख्ने उदेश्यका साथ गरिएको कार्यक्रममा सहभागीले पुन हिंशामा पर्न सक्ने खतराले पीडितहरुले भित्र भित्रै पीडा गुम्साएर बस्ने गरेको बताएका थिए । पीडितलाई आफ्ना पीडा कहाँ गएर उजुरी गर्ने, सहयोगी निकाय कुन हो भन्ने बारेमा थाहा नभएर पनि उजुरी नगर्ने प्रवृत्ति रहेको कार्यक्रमका सहभागी महिलाहरुले बताएका थिए ।
सुर्तिजन्य पदार्थ, घरेलु उत्पादनका मदिरा, लागु औषधको सेवन र कारोवारका कारण गाउँमा आपसी द्वन्द्व र अपराधिक घटना हुने गरेको तर्फ चिन्ता ब्यक्त गर्दै यसको रोकथाममा सबैले पहल गर्नु पर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए । गाउँमा हुने लैंगिक हिंसाका घटनाले पारिवारिक कलह र हिंसा निम्त्याएकाले सम्बाद कार्यक्रम गर्न उपयुक्त रहेको भन्ने सम्बाद तालिम लिएका सहजकर्ता मिरा कार्कीले सुझाव दिए अनुसार कार्यक्रम गरिएको थियो ।
महिला कानून र बिकाश मञ्च र इन्टरनेशनल एलर्डको आयोजना गरेको सम्बादको तालिम लिएका मिरा कार्कीले तालिमले आफुलाई द्वन्द्व र बिवादको बिषयमा छलफल गर्न मद्दत पुगेको र यसले आफ्नो स्वभावमा समेत परिवर्तन ल्याएको बताइन् । प्रहरी चौकी बनियाभारका प्रहरी हरि बहादुर बिकले प्रहरीको एक्लो प्रयासले मात्रै लैंगिक हिंसा लगायतका अपराधजन्य घटनाको नियन्त्रण गर्न नसक्ने भन्दै अपराध रोकथाम गर्न प्रहरीले समुदायसंग मिलेर काम गर्न चाहेको बताए । अपराधिक घटना हुनै नदिन सबैले आ–आफ्नो तफबार्ट भूमिका खेल्नु पर्नेमा उनले जोड दिए ।
लैगिक हिंसा न्यूनिकरणमा समुदायको भूमिका बढाउने र सम्बादको माध्यामबाट समस्याका उपायहरु पहिल्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको अधिवक्ता वसन्त गौतमले जानकारी दिए । लैंगिक हिंसाका घटना न्यूनिकरण गर्ने र संवादको माध्यमबाट देखिएका समस्या र चुनौतीहरुको पहिचान गरि समस्या समाधानका उपायहरु पहिल्याउने उद्देश्यले सरोकारवाला बीच सम्बाद कार्यक्रमको आयोजना गरिएको सम्बादका सहजकर्ता मिरा कार्कीले जानकारी दिइन् । अपराधिक घटनाले ब्यक्तिको मानव अधिकार उपभोगमा असर पर्ने भन्दै अपराधिक घटनालाई कानूनी दायरा ल्याउनमा सबैले सहयोग गर्नु पर्ने अधिवक्ता वसन्त गौतमले बताए ।
सम्बाद कार्यक्रममा लैंगिक हिंशाका घटनाको रोकथामका लागी, सामुहिक पहलको थाली गर्ने, सरोकारवाला बिच आपसी समन्वय र सहकार्य अभिबृद्धि गर्ने, अपराधिक घटनालाई कानूनी प्रक्रियामा लैजाने प्रतिबद्धता जनाइएको कार्यक्रमका सहजकर्ता अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।