प्रदेश ५ मा आत्महत्याको डरलाग्दो रुप

प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङ्गले आर्थिक वर्ष २०७५ /०७६ को अर्धवार्षिक तथ्याङ्क सार्वजनिक गर्दै मनलाग्दी ज्यान गुमाउनेहरुको जटिल समस्या उजागर गरेको छ । प्रदेश नम्बर ५ मा आत्महत्या जस्तो जटिल बन्दै गएको भन्दै प्रहरीले सबैभन्दा बढी भुण्डिएर ज्यान गुमाउनेको रहेको बताएको छ ।

 

प्रहरीका अनुसार पछिल्लो छ महिनामा ज्यान गुमाउने ५ सय २२ मध्ये ३ सय ४९ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । प्रहरी तथ्यांक अनुसार, पछिल्लो छ महिना साउन देखि पुस महिनाको अवधीमा आत्म हत्या गरेर ५ सय २२ जनाले ज्यान गुमाएका छन् । ‘यो जटिल समस्या हो,’ प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआइजी पिताम्बर अधिकारीले मंगलवार पत्रकारसँग भने । आत्महत्याका कुल तथ्यांकमा १८ जनालाई अरुले झुण्डाएर मारेको आशंका गरि अनुसन्धान गरिएको छ । बिष सेवन गरी १ सय ४१ जना, हामफालेर ९ जनाले ज्यान गुमाएका छन् ।

 

कतिपयले पानीमा डुबेर, हातहतियारबाट पनि आफनो ज्यान गुमाएका छन् । ‘यो गम्भीर सामाजिक समस्या हो,’ डिआइजी अधिकारीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया