होटल व्यवसायीहरुको छाता संगठन, होटल व्यवसायी संघ बाँके नेपालगन्जको १५ औं साधारणसभा तथा ९ औं जिल्ला अधिवेशन आज आइतबार नेपालगन्जमा गरिंदैछ ।
संघका अध्यक्ष निम बहादुर थापाका अनुसार, प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । आइतबार संघको नवनिर्मित भवनको मन्त्री गिरीले उद्घाटन गरेका छन् ।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत निर्वाचित गर्नेछ । त्यसका लागि आज आइतबारबाट प्रक्रिया सुरु हुने र निर्वाचन बुधबार हुने संघले जानकारी दिएको छ ।