सेवाग्राहीलाई विभिन्न अप्ठ्याराहरु देखाएर भूमि सुधार तथा मालपोत कार्यालयमा ठगीको प्रयास नौलो रहेन । कार्यालयमा पुग्ने सेवाग्राहीसँग कर्मचारीले काम सहजै गर्ने हो भने हाँकाहाकी घुस माग्ने गुनासो नौलो रहेन । घुसमा गाँजिएको भूमि सुधार तथा मालपोत कार्यालयका इमान्दार कर्मचारी समेत बदानाम भएको अवस्था छ ।
पटकपटक मालपोतलाई घुस विहीन बनाउने आन्तरिक प्रयास भएपनि सफल हुन सकेको छैन । त्यसैले भूमिसुधार तथा मालपोत बाँकेका कर्मचारी पटकपटक घुस सहित रंगेहात अख्तियारको फन्दामा पर्ने गरेका छन् । त्यसैको पुनरावृत्ति मंगलबार पनि भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जले भूमि सुधार तथा मालपोत कार्यालय बाँकेबाट एक कर्मचारीलाई मंगलबार घुस सहित नियन्त्रणमा लिएको छ । कार्यालयमा कार्यरत खरिदार संजय कुमार ठाकुरलाई ५० हजार घुस लिइसकेको अवस्थामा अूिख्तयारले नियन्त्रणमा लिएको अख्तियार नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेले जानकारी दिएका छन् । पक्राउ पछि अख्तियारले जारी गरेको विज्ञप्तिमा खरिददार ठाकुरले कर र राजश्व मिलाइदिने भन्दै सेवाग्राही सँग घुस माग गरेका थिए ।
‘ठाकुरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको छ’, अख्तियार नेपालगन्जका प्रमुख गैरेले विज्ञप्तिमा भनेका छन् ।