सुशिल कोईराला प्रखर क्यानसर अस्पताल खजुरालाई दुई तिहाई सरकारले स्वामित्व लिन अस्वीकार गरेपछि सामाजिक संजालमा टीका-टिप्पणी गरिएको विषयमा केहि प्रस्ट हुन चाहे ।
आदरणिय नेताहरु प्रचण्ड, झलनाथ, बाबुराम र माधव नेपालले गर्न नसकेको देशको लागि अत्यन्त महत्वपूर्ण कार्य संविधान जारि गरेका, निष्ठाको राजनीति र सादगीपुर्ण जिवनका प्रतिमुर्ति आदरणिय सुशिल कोईरालाको अस्पताल निर्माणमा कुनै पनि योगदान छैन त्यसकारण उहाॅको नामले अस्पताल निर्माणमा योगदान गर्नेहरुको शिर निहुरिएको जस्तो तल्लो स्तरबाट गरिएको टिका टिप्पणि गर्नेहरु संग जिज्ञासा ।
देशलाई कुनै न कुनै रुपबाट ( राजनीतिक, सामाजिक, आर्थिक, कला, साहित्य) योगदान गर्नेहरुको नाममा अस्पताल, विद्यालय, बाटो, चौक, पाटी, पौवा, प्रवेशद्वार आदिको नामाकरण गरिएको नेपालमा मात्र होईन विश्व परिवेशमा पनि हामि हेर्न सक्छौ । कुनै न कुनै रुपबाट देशलाई योगदान गर्नेहरुकै नामबाट नामाकरण गरिएका ठाउॅहरु हामिलाई थाहा छ र त्यसैको वरिपरि हामि छौ पनि । जुन जुन ठाउॅ नामाकरण गरिएका छन के त्यहि ठाउॅमा जसको नामाकरण गरिएको हो उसको योगदान छ त ? त्यो ठाउॅमा योगदान छैन भन्दैमा के अब त्यो नाम हटाउने त ?
सामान्य मानवीय कमजोरि त कस्को पो हुन्न र तर आजसम्म देशको कार्यकारि पदमा पुग्ने यो क्षेत्रबाट उहाॅ बाहेक कोहि भएन के यो गर्व गर्ने विषय होईन ? नेपालको संविधान ४/४ जना कम्युनिस्ट नेताले जारि गर्न नसक्दा सुशील दाले जारि गर्नु भयो के यो गर्व गर्ने विषय होईन ? भ्रषटाचारबाट कोहि पनि अछुतो नभएको परिवेशमा उहाॅको सादगि पुर्ण जीवन के गर्व गर्ने लायक छैन र ?
अस्पतालको नामाकरण र अस्पताललाई संघिय सरकारले जिम्मेवारी र स्वामित्व लिने दुई फरक विषय हो । अस्पतालको नामाकरण नै सबैको टाउको दुखाई हो भने दुई तिहाई सरकार छ हटाए भई हाल्यो नि तर के नाम हटाउदैमा दुई तिहाई सरकारले अस्पताललाई गरेको सौतेनि व्यवहारमा परिवर्तन हुन्छ त ? यस क्षेत्रमा (प्रदेश ५,६ र ७) एकमात्र क्यानसरको विशेषज्ञ सेवा दिने अस्पताल संघिय सरकारको जिम्मेवारीमा हुन किन आवश्यक छ भन्ने विषयमा छलफल हुनुपर्नेमा किन सुशिल कोईराला प्रखर क्यानसर अस्पताल खजुराको जिम्मेवारी र स्वामित्व लिन दुई तिहाई सरकारले अस्वीकार गर्यो ? यस तर्फ सरोकारवालाको ध्यान जाने कि नजाने ? यहाॅ प्रस्ट छ नाम जोडिएकै कारण राजनिति प्रतिपक्षले होईन दुई तिहाई सरकारले गरेको छ ।
सुशिल दा आज हाम्रो बिच हुनुहुन्न यसको अर्थ उहाॅको योगदानको आज कुनै कदर छैन ? एउटा नामाकरणको कारण तपाई हाम्रो सोच भन्दा पनि माथि रहेका आदरणिय सुशील दा को नाममा वाहियात टिका टिप्पणी र राजनीति नगर्न विनम्र अनुरोध छ । उहाॅको योगदान सदैव अविस्मरणीय छ ।
प्रस्ट हुनु पर्ने अर्को विषय यो पनि छ कि सुशिल कोईराला प्रखर क्यानसर अस्पताल कसैको पेवा होईन । यो सबैको साझा हो । अस्पताल निर्माणमा कुनै अमुक एक पार्टि, एक व्यक्ति वा एक समुदाय वा एक क्षेत्रको मात्र योगदान छैन । नेतृत्वको सफलता अमुक एक पार्टि, एक व्यक्ति वा एक समुदायका कारण होईन त्यो सफलता त सबैको सहयोग र साझा भएकोले गर्दा हो । सबैले आआफ्नो तह र तप्काबाट सक्ने जति योगदान गरेका छन् त्यसकारण अमुक एक पार्टि, एक व्यक्ति वा एक समुदायको नामबाट कसैले अस्पताललाई आफ्नो पेवा नठानोस। यसलाई साझा बनाउ ।
जय नेपाल !!
(थापा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख हुन्/उनको यो विचार उनकै फेसबुक वालबाट लिइएको हो)