‘खजुरा क्यान्सर अस्पताल’ माथि कसैले पनि राजनीति गर्ने धृष्टता नगरोस् !

खबरदार ! अत्यन्तै पवित्र भावना, उद्देश्य, जनचाहना र संकल्पबाट निर्माण गरिएको पश्चिम नेपालकै शान र पहिचान बन्दै गरेको ‘खजुरा क्यान्सर अस्पताल’ माथि कसैले पनि राजनीति गर्ने धृष्टता नगरोस् !! खजुराबासीको लागि सह्य नहोला !!!
इतिहासलाई मेट्ने र बङ्ग्याउने प्रवृत्ति हावी भइरहेको वर्तमानमा योगदानको आधारमा नामाकरण हुनु आवश्यक छ, तर हुनै पर्छ भन्ने जरुरी पनि छैन । अझ मेरो विचारमा त खजुरा क्षेत्रलाई देश विदेशमा पहिचान गराउने हो भने खजुरा क्यान्सर अस्पतालकै नाममा नामाकरण गर्नु उचित हुन्छ । किनकी २०६५ साल माघमा खजुरा क्षेत्रका बासिन्दाको अग्रसरतामा सर्वपक्षीय सर्वदलीय सहमति र सहभागितामा एक ढिक्का भई अपार सफलताका साथ सम्पन्न श्रीमद्भागवत महायज्ञ (जुन मूल समितिको संयोजक श्री केदारलाल श्रेष्ठ र महासचिव म पूर्णलाल चुके, प्रखर परोपकार मिसन नेपालका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष शिवराज श्रेष्ठ लगायत सयौं साथीहरुको सक्रियतामा) मा प्राप्त भएको अपार जनहभागिता, जनसहयोगबाट उठेको झण्डै ५ करोड रकमबाट शुरु गरिएको अस्पताल निर्माणले तत्कालीन प्रधानमन्त्री माधव नेपाल र सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा पहिलो पटक नेपाल सरकारले रातो किताबमा उल्लेख गरी रु. ५ करोडको बजेट विनियोन गरिएको सहयोग तथा अहोरात्र खटिएका अध्यक्ष किस्मत कुमार कक्षपतिको प्रारम्भदेखि वर्तमानसम्मको टिमको अथक प्रयासबाट भव्य भवनहरु तयार भई हाल वहिरंग सेवा सञ्चालन गर्न सम्भव भएको हो । अस्पतालका जन्मदाता खजुरा क्षेत्रकै सर्वसाधारण जनता हुन् । बरु महामण्डलेश्वर प्रखरजीको परिकल्पना र प्रखर परोपकार मिसन नेपालका संरक्षक तथा अस्पतालका संकल्पकर्ता श्री दिनदयाल गुरुलाई कसैले पनि बिर्सन भने हुँदैन । तर, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नामाकरणलाई लिएर सदनदेखि सडक आन्दोलनको उद्घोष गर्नु भएको समाचार पढ्दा आश्चर्य लाग्यो । यो उद्घोषलाई प्रतिपक्षमा बसेपछि सरकारको विरोधै गर्नु पर्छ भन्ने वचकना सोचाई हो कि जस्तो लाग्यो ।

 


खबरदार ! अत्यन्तै पवित्र भावना, उद्देश्य, जनचाहना र संकल्पबाट निर्माण गरिएको पश्चिम नेपालकै शान र पहिचान बन्दै गरेको ‘खजुरा क्यान्सर अस्पताल’ माथि कसैले पनि राजनीति गर्ने धृष्टता नगरोस् !! खजुराबासीको लागि सह्य नहोला !!!

 

(वरिष्ठ पत्रकार चुकेको फेसबुक वालबाट)

प्रतिक्रिया

प्रतिक्रिया