नेपालगन्जको न्यूनतम तापक्रम ह्वात्तै घट्यो, १.५ डिग्री मापन

पछिल्ला केही दिनदेखि नेपालगन्जमा चिसो बढ्दै गएको छ ।

नेपालगन्जमा राम्रोसँग घाम लागेपनि चिसो बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझा नेपालगन्जका अनुसार, शुक्रबार विहान नेपालगन्जको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस मापन गरिएको ।

नेपालगन्जको अधिकतम तापक्रम भने २३.४ डिग्री सेल्सियम मापन गरिएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनल भन्दा पनि धेरै तल गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, जुम्लाको न्यूनतम तापक्रम माइनस ७ र अधिकतम ८ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया