शिक्षकलाई तालिम

साथी संस्थाले नेपालगन्जमा आयोजना गरेको शिक्षकहरुका लागि मानव तथा बालबालिका बेचबिखन बिरुद्ध सम्बन्धी कार्यशाला शुक्रबार सकिएको छ ।

 

लामो समयदेखि मानव बेचिबखन बिरुद्धको अभियानमा लामो समयदेखि काम गरिरहेको साथि संस्थाका सुपरवाइजर रेनुका चन्दले मानवअधिकारको अवधारणा, राष्ट्रिय तथा अन्तर्राष्टिय दस्तावेज र लैङ्गिक बिभेद तथा बालबालीका हिंसा सम्बन्धमा कानुनी अवस्था बारे प्रशिक्षण दिएकी थिइन् । बालबालीका बेचबिखन बिरुद्धको कार्ययोजना अन्र्तगत बालअधिकार सम्बन्धि कानुनी व्यवस्था बाल संरक्षण तथा दुव्र्यवहार बारेमा अरु वडाहरुमा कार्यशाला गरिने चन्दले जानकारी दिइन् ।
नेपालगन्ज उपमहानगरपालिका स्थित वडा नं २० का बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु गरी २० जनाको सहभागिता रहेको थियो । कार्यशालामा शिक्षकहरुले बिद्यालयमा गरिने कार्यक्रमको योजना समेत बनाएका थिए । कार्यक्रममा शिक्षकहरुले बालबालिकाको सुरक्षा तथा बालमैत्री बातारण निर्माणमा विद्यालयले भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया