आज नेपालगन्जमा पत्रकारको निःशुल्क दाँच उपचार

लायन्स डेन्टल अस्पताल नेपालगन्जले आज शुक्रबार पत्रकारहरुलाई लक्षित गर्दै निःशुल्क दन्त परीक्षण आयोजना गर्दैछ । अस्पतालले बाँकेमा कार्यरत पत्रकारहरुलाई दन्त परीक्षणसँगै जनचेतनामूलक अभिमूखिकरण गर्न लागेको अस्पतालका संयोजक सेम शाक्यले जानकारी दिए ।

 
लायन्स क्लब अफ नेपालगन्ज र लायन्स डेन्टल अस्पतालको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले बाँकेका पत्रकारहरुलाई निःशुल्क दन्त परीक्षणको अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् । आज १ बजे लायन्स डेन्टल अस्पतालमा कार्यक्रम राखिएको हो ।

 
दाँत उपचारका लागि नेपालगन्जको खजुरारोडमा रहेको लायन्स डेन्टल अस्पताल यस क्षेत्रमै अब्बल मानिन्छ । वि.सं. २०५७ सालमा कार्तिक २७ गते लायन्स क्लबले दाँत उपचारका लागि नेपालगन्जमा डेन्टल अस्पताल सञ्चालनमा ल्याएको थियो । अस्पालमा बार्षिक ७÷८ हजारको दाँतको उपचार हुने गरेको अस्पतालका संयोजक सेम शाक्यले जानकारी दिएका छन् ।

 
सेवा भावका साथ अगाडि बढिरहेको लायन्स डेन्टल अस्पताल मध्य र सदुरपश्चिममै सामाजिक क्षेत्रबाट सञ्चालित उत्कृष्ट अस्पताल मानिन्छ । नेपालगन्जमा दाँत उपचारका लागि दर्जनौं अस्पतालहरु भएपनि गाउँगाउँ सम्म दाँत सम्बन्धी कुनै समस्या भएमा जो कोहीले सुझाउने ठाउँ भनेको लायन्स डेन्टल अस्पताल नै हो ।
लायन्सले अस्पताल बाहेक शिविर मार्फत पनि सेवा प्रदान गर्दै आएको छ । ‘बाँके, बर्दिया जिल्लाका विभिन्न ठाउँमा पुगेर दन्त शिविर सञ्चालन गर्ने गरेका छौं’, अस्पतालका संयोजक शाक्यले भने, ‘सेवामूलक भावनाका साथ सञ्चालित अस्पतालले न्यूनतम शुल्कमा सेवा प्रवाह गरिरहेको छ ।’

 
अस्पतालमा बाँके, बर्दिया बाहेक मध्य तथा सुदुरपश्चिमका विभिन्न जिल्लाबाट समेत उपचारका लागि आउने गर्दछन् । शल्यक्रिया, आरसिटी, एलसी फिलिङ, एक्सरे, आर्टिफिसियल दाँत तयार गर्ने लगायतका सेवा प्रदान गरिरहेको अस्पतालमा अन्य जिल्लाबाट समेत विरामी रेफर भई आउने गरेका छन् ।

 
न्यून सेवा शुल्क लिएर सेवा प्रदान गरिने भएकाले अस्पताल व्यवस्थापनका लागि भने आर्थिक स्रोतको अभाव हुने गरेको अस्पतालले बताएको छ । ‘शिविर, छुट र सहुलियतमा उपचार गरिने हुँदा स्रोतमा भने अस्पताल बलियो हुन सकेको छैन’, संयोजक शाक्य भन्छन् ।

 

2075-09-06

 

प्रतिक्रिया

प्रतिक्रिया